उहालाई चिन्नेले उहाको घर सम्म पुराउन सहयोग गर्नु होला

भिडियो सहित हेर्नुहोस !
Advertisement
मुग्लिन नजिकै ईच्छाकामना गाउपालिका–६, कालिखोलामा आज बिहान १ व्यक्ति मोटरसाईकलसँगै मृत अवस्थामा भेटिएको छ ।

मृतकसँगको कागजात अनुसार मृतक वारपाक–९, गोरखाको ५० वर्षिय देवराज घले रहेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो ।मृतकको साथमा ग ७ प ७६७२ नं. को मोटरसाईकल समेत फेला परेको छ तर दुर्घटनाको कुनै संकेत नपाएकोले मृतकलाई कुनै स्वास्थ्य समस्या भएर मृत्यु भएको आशंका प्रहरीले गरेको छ । मृतकको आफन्तलाई खबर गरिसकेको र लाश पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको समेत उहाँले बताउनु भयो ।

Related Posts: