इन्धनको भाउ बढ्यो

भिडियो सहित हेर्नुहोस !
Advertisement
कार्तिक १५, २०७४-नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको भाउ बढेको हो । नयाँ मूल्यअनुसार पेट्रोल सय रुपैयाँ प्रतिलिटर पुगेको छ । पेट्रोलमा प्रतिलिटर दुई रुपैया बढाइएको हो । यसैगरी खाना पकाउने ग्यास पनि महँगिएको छ । ग्यासको नयाँ मूल्य प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ पुगेको छ । ग्यासमा भने प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ । यसै गरी डिजेल प्रतिलिटर ७५ रुपैयाँ ५० पैसा पुगेको छ । डिजेलमा एक रुपैयाँ ५० पैसा बढेको छ ।
 

Related Posts: