राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको सयुक्त गठबन्धनसँग कांग्रेसको भागबण्डा नमिलेपछि तालमेल नहुने भएको हो । प्रदेश २ मा राजपा र फोरमले प्रतिनिधिसभामा न्यूनतम २० सिट र प्रदेशसभामा ४० सिट मागेका थिए । यो प्रदेशमा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । कांग्रेसले ५० प्रतिशतभन्दा बढी (प्रतिनिधिसभामा कम्तिमा १७ सिट) चाहिने अडान राखेपछि राजपा र फोरमसँग तालमेलको संभावना करिब समाप्त भएको हो, कान्तिपुर दैनिकमा खबर छ ।
देउवाले पदभार सम्हाले जेष्ठ २४, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधनको पक्षमा दुई तिहाईको समर्थन जुटाउन सकिने गरी मन्त्रिमण्डल विस्तार गर्…Read More