काठमाडौं, १६ कात्तिक– नेपाल आयल निगमले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधवार गरेको मूल्यवृद्धि फिर्ता लिएको हो ।
आयले निगले बुधवार इन्धनको मूल्य बढाएर पेट्रोल प्रतिलिटर १०० रुपैयाँ, डिजेल र मट्टितेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम गरेको थियो । यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ३० रुपैयाँ बढाएर १३५० रुपैयाँ पुर्याएको थियो ।
निगले बुधवार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनमा मूल्य बढाएको थियो । तर बिहीवार विहानै प्रधानमन्त्री शेरबहादुर देउवाले पुरानै मूल्य कायम राख्न निर्देशन दिएपछि बिहीवार बिहान १० बजेदेख लागू हुने गरी मूल्यवृद्धि फिर्ता गरिएको आयल निमगका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।