चितवन १६ कात्तिक– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाका लागि चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले र माओवादीको संयुक्त र्याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गए। प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।
चितवनको भरतपुर महानगरमा पराजीत एमालेका उम्मेदवार देवी ज्ञवाली सहित प्रचण्ड उम्मेदवारी मनोनयन गराउन गएका थिए ।
चितवन क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सुरेन्द्र पाण्डे र क्षेत्र नम्बर २ का कृष्णभक्त पोखरेलले पनि उम्मेदवार दर्ता गर्न प्रचण्डसंगै र्यालीमा सहभागि भएका थिए ।
उम्म्ेदवारी दर्ता गरेपछि पत्रकारहरुसंग कुरागर्दै प्रचण्डले आफ्नो जीत सनिश्चित भएको दावी गरे । सो क्षेत्रबाट कांग्रेसको समर्थनमा राप्रपा नेता विक्रम पाण्डे चुनावी मैदानमा छन् ।