पलेँटी कसेर खाना खानुका फाइदा

भिडियो सहित हेर्नुहोस !
Advertisement


नेपाली समाजमा अहिले पलेँटी कसेर खाने प्रचलन घट्दै गएको छ । डाइनिङ टेबलमा बसेर खाना खानु सानको विषय बन्न थालेको छ । सहरी क्षेत्रमा यसको प्रभाव धेरै छ । तर, स्वास्थ्यविज्ञहरूका अनुसार टेबलमा बसेर खानुभन्दा पलेँटी कसेर खानु धेरै नै फाइदाजनक छ ।

उनीहरूका अनुसार जमिनमा पलेँटी कसेर खाना खानुका फाइदा कसेर बस्दा हामीले योगासनको प्रयोग गरिरहेका हुन्छौं । जुन आसनलाई योगविज्ञानमा सुखासन भनिन्छ । सुखासन पद्मासनको एउटा रूप हो । पलेँटी कसेर खाना खाँदा हुने फाइदा यी हुन् :

यसरी खाँदा हाम्रो शरीर अघि र पछि गरिरहन्छ ।

त्यसैले पेटको व्यायाम हुन्छ । त्यसले पाचनशक्ति पनि बढाउँछ ।

सुखासनमा बस्दा मनमा एकाग्रता पैदा हुन्छ । यसले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।

सुखासनमा बस्दा शरीरभरि समान रूपले रक्तसञ्चार गर्न मद्दत गर्छ । यसले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

यो आसनमा बस्दा मानसिक तनावबाट मुक्त हुन सघाउ पुग्छ । जसले मनमा सकारात्मक विचार आउँछन् ।

यो आसनले हाम्रो छाती र खुट्टालाई बलियो बनाउँछ ।

यसरी बसेर खाँदा मोटोपन, अपच, कब्जियत, एसिडिटी तथा अन्य केही पेटसम्बन्धी रोगलाई कम गर्न मद्दत गर्छ ।

Related Posts: