काठमाडौं-कुवेत सिधा उडान : नेपाली कामदारलाई फाइदा

भिडियो सहित हेर्नुहोस !
Advertisement
नेपाल र कुवेतबीच पहिलोपटक सिधा उडान हुने भएको छ। कुवेतको निजी एयरलाइन्स वातानीय एयरवेजले कुवेत-काठमाडौं उडान भर्न अनुमति पाएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वातानीय एयरवेजलाई उडान अनुमति दिएको हो।

उक्त एयरवेजले अनुमति पाउसँगै नेपालमा २९ एयरलाइन्सले उडान गर्ने छन्। मन्त्रालयका उपसचिव प्रमोद नेपालले भने, वातानीय एयरवेजले दैनिक उडान भर्ने स्वीकृति पाएको छ। केही महिनाभित्रै उडान थाल्ने योजनामा छ।

सिधा हवाइ उडानमा जोडिँदा त्यहाँ रहेका नेपाली कामदारलाई फाइदा पुग्ने छ। आजको कारोबार दैनिकले खबर छापेको छ।

Related Posts: