भिडियो सहित हेर्नुहोस !
Advertisement

ट्रम्पले राष्ट्रपतिमा निर्वाचित भएसँगै आतंकवादी संगठनसँग जोडिएका देशका डीभी परेका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।
ट्रम्पले आइएसलाई अब टाउको उठाउन नदिने र मध्यपूर्वबाटै उक्त आतङ्ककारी संगठन आइएसको अस्तित्व मेट्ने समेत आफ्नो ट्वीटर अकाउन्टमा जनाएका छन् ।
सन् १९९० मा आप्रवासी भित्र्याउने कानुन बनाएपछि डीभी चिट्ठालगायत अरु सुविधा दिएर अमेरिकाले आप्रवासीलाई स्थायी बसोबास दिँदै आएको छ । अमेरिकाले पछिल्लो १० वर्षमा झन्डै ५ लाख आप्रवासीलाई ग्रीनकार्ड दिएको छ ।
न्यूयोर्कमा साइकल लेनमा ट्रक चढाएर ८ जनाको हत्या गर्ने चालक सेफुलो साइपोव सन् २०१० मा डीभी चिट्ठा परेर उज्वेकिस्तानबाट अमेरिका पुगेको पत्ता लागेपछि ट्रम्प आक्रोशित बनेका हुन् ।
न्यूयोर्कको म्यानह्याटनमा गराइएको यस ट्रक आक्रमणलाई अमेरिकी अधिकारीहरुले आतङ्कवादी कार्य हो भनेका छन् ।
न्यूयोर्कमा सन् २००१ को सेप्टेम्बर ११ मा ओसामा बिन लादेनको नेतृत्वको आतङ्ककारी संगठनबाट भएको हमलापछि आतङ्ककवादसँग सम्बन्धित घटनामा मान्छेहरुले ज्यान गुमाएको यो पहिलो पटक हो ।
न्यूयोर्कको प्रहरीले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । उक्त घटनामा ११ जना गम्भीर घाइते भएका छन् । सो आतङ्ककारीलाई पछि प्रहरीले गोली हानेर पक्राउ गरेको अधिकारीहरुले बताएका छन् ।