१२ साउन, काठमाडौं । नेपाल क्रिकेटका लागि न्यूटल भेन्यू बन्ने सम्भावना छ । काठमाडौंको मौसमदेखि एशोसिएट नेशन भएर पनि दर्शकहरुको बाक्लो उपस्थितिले यो सम्भावना देखाउँछ । तर, मैदान भने त्रिवि परिसर कीर्तिपुरको मात्र छ । कुनै अन्तराष्ट्रिय प्रतियोगिता हुने भयो भने पनि सहभागिता टिमले फरक फरक सिफ्टमा ट्रेनिङ गर्नु पर्ने बाध्यता छ । तर, अब कुनै अवरोध आएन भने एक डेढ महिनामा नै कीर्तिपुरको विकल्प तयार हुँदैछ-मुलपानी क्रिकेट मैदान मुलपानीमा क्रिकेट मैदान निर्माण १२ वर्ष अघि नै सुरु भएको थियो । तर, यति जटिलता देखियो कि बिना डिभिजनमा रहेको नेपाली टोली डिभिजन वानमा पुगेर विश्वकप खेलिसक्दा पनि योजनाले पूर्णता पाएन । त्यहाँ केवल डाँडो सम्याइयो, एउटा पेविलियन भवन बन्यो । तर, मैदान ट्रेनिङ गर्न योग्य पनि बन्न सकेन । त्यसबेला मुलपानीमा क्रिकेट मैदान होइन, रंगशाला नै बनाउने योजना अघि सारिएको थियो । जहाँ पेभेलियन, मिडिया बक्स लगायतका सबै संरञ्चना बनेको होस् । सरकारले जग्गा उपलब्ध गराएपछि केही काम पनि भयो । तर, सुरुमा काम थालिएको ठाउँ केही सानो भयो । यो मैदान मात्र बन्ने भएपछि नजिकै रंगशाला बनाउन थालियो । तर, त्यही बेला नेपाल क्रिकेट संघमा अनेक विवाद देखियो, परीणाम १२ वर्ष वित्दा मुलपानीमा न क्रिकेट मैदान बन्यो न रंगशालाले नै मूत रुप पाउन सक्यो ।a खेलाडीहरु नै अघि सरे मुलपानीमा क्रिकेट मैदान बनाउने भनेर हरेक वर्ष बजेट छुटि्टएपनि अपेक्षाकृत रुपमा काम हुन सकेको थिएन । झन क्रिकेट संघ निलम्बनमा परेपछि सबै काम अलपत्र भयो । अन्ततः यसबारे दिक्कवाक्क भएका क्रिकेट खेलाडीहरु नै मैदान निर्माणमा अघि सरे । नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल सहितका क्रिकेटर र क्रिकेट संघका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामाको पहलमा मुलपानी क्रिकेट मैदानलाई खेल्नयोग्य बनाउनका लागि गर्नुपर्ने काम र खर्चको स्टमेट तयार भयो । त्यस अनुरुप गत कर्तिकमा तत्कालिन खेलकुदमन्त्री दलजित श्रीपाइली र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टलाई ज्ञापनपत्र बुझाउँदै मुलपानी मैदान बनाउन दबाव दिए । गत चैतमा राखेपले मुलपानीको धुलाम्य मैदानको स्तरोन्नतिका लागि १६ लाख ४० हजार बजेट विनियोजन गरी कामको जिम्मा ज्ञानेन्द्र मल्ल र छुम्बी लामाको टिमलाई दियो । उनीहरुले अहिले मुलपानी मैदानलाई मनमोहक बनाइसकेका छन् । मैदानको उत्तरपूर्वी छेउमा जमिन भासिएर मैदान बिगि्रएको थियो, पूर्वी क्षेत्रमा माटोको थुप्रो कायमै थियो । सबैभन्दा पहिले उनीहरुले त्यसलाई सम्याए र पर्खाल लगाए । मैदानको मूख्य क्षेत्र पीचको स्तरोन्नतिमै उनीहरुको धेरै समय गएको छ । ‘क्यानसँग आवद्ध सबैको सक्रियतामा हामीले मुलपानी मैदान खेल्नयोग्य बनाउँदैछौं’ छुम्बीले भने । छुम्बीले अघि भने, ‘मैदानको सबै भागमा घाँस रोपिएको छ, मनसुन सकिएपछि मुलपानी मैदान खेल्नयोग्य हुनेछ,सेप्टेम्वरसम्ममा ग्राउण्ड तयार पारिसक्ने हाम्रो सोच छ ।’
नेवार समुदायको मौलिक पर्व म्हःपूजा
: कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन्। चाडपर्व…Read More
पलले छाडेको ‘अनुराग’मा समुन्द्रको इन्ट्री
एलिजा गौतमको निर्माण तथा अभिनयमा तयार हुन लागेको चलचित्र ‘अनुराग’ विभिन्न स्क्यान्डलका कारण चर्चामा छ । सुरुमा मोडल दिपक घिमिरेलाई मुख्य कलाकारको रुप…Read More
आज राति उल्का वर्षा हुने
कार्तिक ३, २०७४-हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत ओरायन …Read More