पलले छाडेको ‘अनुराग’मा समुन्द्रको इन्ट्री

भिडियो सहित हेर्नुहोस !
Advertisement
एलिजा गौतमको निर्माण तथा अभिनयमा तयार हुन लागेको चलचित्र ‘अनुराग’ विभिन्न स्क्यान्डलका कारण चर्चामा छ । सुरुमा मोडल दिपक घिमिरेलाई मुख्य कलाकारको रुपमा घोषणा गरिएको चलचित्रमा पछि उनी निकालिएको खबर आयो ।

यसपछि, नायक पल शाहले १८ लाख पारिश्रमिक लिएर काम गर्न लागेको चर्चा भयो । पल र एलिजा चलचित्रमा संझौता गर्ने दिनमा एकसाथ मिडियामा कुरा गर्न पनि तयार भएको खबर सार्वजनिक भयो । तर, त्यसको केही दिनमै पलले चलचित्र छाडेको खबर आयो ।
चलचित्र निर्माण नहुँदै नायक निकालिएको र भित्राइएको खबरले भने खुबै चर्चा पाइरहेको छ । अब, फेरि चलचित्रका लागि नयाँ कलाकार अनुवन्धित भएको खबर आएको छ ।
निर्देशक सत्यराज चौलागाइका अनुसार चलचित्रमा समुन्द्र पण्डितले मुख्य भूमिका निर्वाहा गर्नेछन् । अब, समुन्द्र र एलिजाको जोडीले लभ स्टोरी जनराको यो चलचित्रमा रोमान्स गर्ने पक्का भएको छ । समुन्द्रले अहिलेसम्म म्यूजिक भिडियो वा विज्ञापनमा काम गरेका छैनन् । सिन्धुपाल्चोकका यी नयाँ अनुहारलाई सत्यराजले सबै खुबी भएका कारण चलचित्रमा अनुवन्धित गरेको बताए ।
चलचित्रको छायांकन कात्तिक २३ गतेबाट सुरु गर्ने सत्यराजको भनाई छ । चलचित्र सफलताको कामना गर्दै नयाँ कलाकार सहितको टिम लिएर सत्यराज दक्षिणकाली पुगेका छन् ।

Related Posts: