जिल्ला प्रहरी कार्यालय रौतहटले एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


१३ साउन, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले एक किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

गौर नगरपालिका–५ का दिनानाथ गुप्ता र वडा नं. ७ का सरोज राय यादव सुनसहित पक्राउ परेको प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलले बताए । काठमाडौंबाट फर्कंदै गरेको भारतीय नम्बरको गाडीमा ठूलो परिमाणको सुन रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त सुन बरामद भएको उपरीक्षक पोखरेलले बताए ।
बरामद गरिएको सुनको मूल्य करिब ४ करोड ६० लाख ४० हजार रहेको छ । सुन कुन प्रयोजनका लागि कसरी ल्याइएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीहरुले प्रयोग गरेको भारतीय नम्बरको गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिमावर्ती क्षेत्रहरुमा अवैध सुनको कारोबार भइरहेको अनुमानलाई यो घटनाले पुष्टि गरेको छ । संगठित तस्करहरुले काठमाडौंलगायत देशका विभिन्न स्थानहरुबाट लुकाईछिपाई ल्याएका सुन भारतीय बजारसम्म मुख्य नाकाहरु बाटै तस्करी गरेर पुर्याउने गरेका छन ।

Related Posts: