चितवनः भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। तीन सय मत गणना हुँदा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले १ सय ५२ मत ल्याउनु भएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उठ्नु भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणृु दाहालले ११० मत प्राप्त गर्नु भएको छ।
एमालेको उपमेयर उम्मेदवार दिव्य शर्माले १ सय ३३ मत प्राप्त गर्नु भएको छ भने कांग्रेस र माओवादी गठबन्धनबाट उपमेयरमा उठ्नु भएकी कांग्रेसकी पार्वती शाहले १ सय २४ मत पाउनु भएको छ।यस्तै, राप्रपाले मेयरमा ७ र उपमेयरमा ६ मत पाएको छ।