काठमाडौं – काठमाडौं महानगरको पछिल्लो मत गणना अनुसार साझा पार्टी समर्थित उम्मेद्वार किशोर थापा दोस्रो स्थान आएका छन्।
२७० मत गन्दा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ६७ मत ल्याएका छन् भने थापाले ५८ मत पाएका छन्। कांग्रेसका उम्मेदवार राजुराज जोशीले ४७ मत पाएका छन्। विवेकशीलकी उम्मेदवार रञ्जु दर्शनाले ३९ मत पाएकी छन्।उपमेयरमा कांग्रेसकी हरीप्रभा खड्गीले अग्रता कायम राखेकी छन्।
उनले ७६ मत पाएकी छन्। एमालेसँग गठबन्धन गरेका राप्रपामा उम्मेदवार राजाराम श्रेष्ठले ४५ मत पाएका छन् भने साझाकी उम्मेद्वार निरुपमा यादवले ३९ मत ल्याएकी छन्। काठमाडौंमा मेयरको ३१ मत र उपमेयरको ५० म तबदर भएको छ। उता हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का हरिबहादुर महतले २८६ र उपप्रमुखमा एमालेकै मीना लामाले ३११ मतले अग्रता लिइरहनु भएको छ ।