उत्तरी धादिङको आँखुखोलाबाट बालुवा बोकी खनियाँवास गाउँपालिकाको सत्यदेवी जान लागेको ना ५ ख ८८५४ नंको स्वराज ट्रक पल्टिँदा पाँचजना घाइते भएका छन् ।
आज साँझ ६ बजे भएको दुर्घटनामा घाइते भएका पाँचजनामध्ये एकजना खनियाँवास गाउँपालिका वडा नं ४ निवासी २४ वर्षीया सुनिता रिजालको अवस्था गम्भीर रहेको छ ।
खनियाँवास गाउँपालिका–४ को किम्वाङ फेदीमा ट्रक पल्टेर बाटोबाट १० मिटर तल खसेको थियो । प्रहरीका अनुसार घाइतेहरुको किम्वाङफेदीस्थित नेत्रावती हेल्थकेयर नामक स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
परिवार नियोजन र यसका असर हिजोआज धेरैजसोको जीवनशैली निकै व्यस्त छ । यस्तोमा बालबच्चा हुर्काउने समय र धैर्य कम हुँदै गएको देखिन्छ । एकल सन्तानको लहर चलिसकेको हाम्रो समाजमा परिवा…Read More
४८ घन्टाका लागि सीमानाका पूर्णरुपमा बन्ददोस्रो चरणअन्तर्गत असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर असार १२ गतेदेखि ४८ घन्टाका लागि नेपाल–भारत सीमानाका पूर्ण रुपमा बन्द …Read More