गाईलाई मानव जीवनमा धेरै उपयोगी जनावर मानिन्छ । गाईले दिने हरेक चिज उत्तिकै उपयोगि मानिन्छ । धार्मिक मान्यता अनुसार गौमुत्रलाई पवित्र मान्य गरिन्छ ।
गाईबाट हामीलाई पन्चगव्य प्राप्त हुन्छ । जसमा दुध, दहि, घिउ, गोवर र गोमुत्र पर्दछन् । तिमध्ये गोमुत्र यस्तो औषधि हो, जसलाई युगौदेखि विज्ञानले समेत पछ्याउदै आएको पाइन्छ । गौमुत्रमा भएको विशेष गुणको कारण यसलाई अमृत सरह मान्यता दिइएको हो ।
घर तथा मन्दिर पवित्र पार्नको लागी पनि गौमुत्र छर्किने गरेको पाइन्छ । यो कुनै अन्धविश्वास नभई वैज्ञानिक कारण भएको प्रमाणित भइसकेको छ । गाईबाट पाईने पन्चामृत अति नै उपयोगी मानिन्छ । गौमुत्रलाई प्राचिन चिकित्सा विज्ञानले महत्वपुर्ण स्थान दिएको थिएन । तर वर्तमान समयमा भने यसलाई अमृत ठानेर महत्वपुर्ण औषधिको रुपमा स्विकार गरिएको छ ।
गौमुत्र तितो र कडा हुन्छ । जसले ग्यास तथा एसिडिसिलाई निको पार्दछ । यसले वाथरोग। चर्मरोग र पित्तरोगलाई निको पार्दछ । गौमुत्रमा पोटासियम, क्याल्सियम, युरिया, फस्फोरस, क्रिएटिनीज तत्व रहेको हुन्छ ।
यसलाई आयुर्वेद तथा अन्य शास्त्रमा बहुउपयोगी औषधिको रुपमा प्रयोग गरिन्छ । आधुनिक चिकित्सा विज्ञानमा मुटु रोग, क्यान्सर, क्षयरोग , मिर्गौला, हिस्टोरिया लगायतका खतरनाक रोगको लागी एकदमै लाभदायक मानिन्छ ।
अनारले लाग्नै दिन्नँ यी १० रोग– दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ ।– अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।– अनार खाइरहने व्यक्तिला…Read More
दुधको चिया शरीरमा गएर यसरी बन्छ विषअरु बेलामा भन्दा जाडो समयमा नेपालीहरु बढी चिया पिउँछन्। अधिकांश मानिसहरुले आनन्दको लागि, शरीर न्यानो गराउनको लागि चिया पिउने गर्छन्। फेरि चियाको (कालो…Read More