हिजोआज धेरैजसोको जीवनशैली निकै व्यस्त छ । यस्तोमा बालबच्चा हुर्काउने समय र धैर्य कम हुँदै गएको देखिन्छ । एकल सन्तानको लहर चलिसकेको हाम्रो समाजमा परिवार नियोजन तथा जन्मान्तर अब नौलो विषय रहेन । यसले गर्दा महिलाको स्वास्थ्यमा के–कस्तो असर परेको छ र उनीहरूको धारणा के छ भन्ने विषयमा केन्द्रित यसपटकको नारी बहस रस्मिला श्रेष्ठ, सौन्दर्यकर्मी तथा लामो अन्तरालमा सन्तान जन्माउने
छोरी १२ वर्षकी भएपछि मात्र मेरो छोरा जन्मियो । छोरी जन्मिएपछि कन्ट्रोलका लागि पहिले पिल्स खाएँ तर पछि पिल्स खान रोक्दा पनि गर्भ बसेन । सुनेकी थिएँ–गर्भनिरोधक साधनले यस्तो समस्या निम्त्याउँछ । मलाई पनि त्यस्तै लाग्यो । धेरै उपचार गरेपछि एक्कासि १२ वर्षपछि अर्को गर्भ बस्यो । मेरो दोस्रो छोरा छ । यति लामो जन्मान्तर राख्दा पनि गाह्रो हुने रहेछ । पारिवारिक कुराहरू त छँदैछन् । त्यसका अतिरिक्त आफ्नै शरीर, उमेर आदि कुरालाई नियाल्दा छोटै जन्मान्तर ठीक लाग्यो । समयमै बालबच्चा हुर्किए आफूलाई पनि सजिलो र करियरमा पनि सहयोग हुन्छ ।
श्रद्धा अर्याल, टेलिभिजकर्मी
मैले ५ वर्ष कन्ट्रोल नै गरें । श्रीमान्का बारेमा भन्न सक्दिन तर मैले साइड इफेक्ट गर्छ भनेर कुनै औषधि लिएकी छैन । विवाह भएको ५ वर्ष नाघिसक्यो । अब योजना गर्ने विचारमा छु । मेरो धारणामा महिलाले धेरै लामो जन्मान्तर राख्नुपर्ने आवश्यकता छैन । उमेर घर्किसकेपछि सन्तान जन्माए अझ बढी तनाव झेल्नुपर्ने हुन्छ । पारिवारिक दबाबका साथै शिशु जन्माउने महिलामा पनि विभिन्न समस्या उत्पन्न हुन सक्छन् । पिल्स, नरप्लान्ट, संगिनी सुईजस्ता गर्भनिरोधक अस्थायी साधनका साइड इफेक्ट्स पनि छन् । मेरी साथी संगिनी सुईका कारण ५५ बाट ८५ किलोकी भएकी छिन् । लामो समय पिल्स खाँदा गर्भस्थ शिशुलाई असर परेको र गर्भ नै नरहने समस्या पनि देखिएका छन् ।
डा. रोजिना मानन्धर, प्रसूति रोग विशेषज्ञ, केएमसी अस्पताल
परिवार नियोजन र जन्मान्तरका फाइदा–बेफाइदा दुवै छन् । छोटो समयमै अर्को बच्चा जन्माउँदा रक्तअल्पता हुने सम्भावना प्रबल हुन्छ । कम्तीमा पनि २–३ वर्षको अन्तरालमा सन्तान जन्माउँदा एनिमियाबाट जोगिन सकिन्छ । धेरै लामो समयको अन्तर र ३५ वर्ष काटिसकेपछि जन्मिएका शिशु शारीरिक रूपमा स्वस्थ नहुन सक्छन् । त्यस्ता शिशुमा डाउन सिङब्रोम तथा क्रोमोजोमल डिफेक्ट्स देखिनसक्छ । डिपोप्रोभेरा प्रयोग गर्न छाडिसकेपछि पनि त्यसको प्रभाव वर्ष दिनदेखि डेढ वर्षसम्म रहन सक्छ तर त्यसले बाँझो नै बनाउने होइन ।
अहिले नरप्लान्टको साटो (पाखुरामा राख्ने) जेब्ली, कपर–टी, खाने निलोकन चक्की आदि गर्भनिरोधक साधन उपलब्ध छन् जसले प्रयोग गर्न छाडेको २–३ महिनापछि मात्र गर्भ रहन दिन्छन्, गर्भ नै नबस्ने असर पार्दैनन् । यस्ता साधनले स्वास्थ्यमा खासै असर नपारे पनि कसै–कसैमा तौल बढ्ने, चायाँ–पोतो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने सामान्य असर देखिन सक्छ । संगिनी सुईले शरीरमा पानीको मात्रा बढाउँछ । प्रेसर, मुटु तथा दमका रोगीहरूले राम्रोसँग जँचाएर चिकित्सकको सल्लाहमा मात्र यस्ता साधन प्रयोग गर्नु उपयुक्त हुन्छ ।
राधा कार्की, शिक्षिका
लामो समयको अन्तरालमा मेरो दोस्रो बच्चा जन्मिएको हो । पहिले छोरी पाएपछि गर्भनिरोधक औषधि सेवन गर्दा गर्भ बसेन । मेरो अनुहारको छाला पनि बिग्रियो, पिम्पल्स तथा चायाँ देखिन थाल्यो । विभिन्न उपचार गरेर लामो समयपछि छोरा जन्मियो । लामो समयपछि छोरा जन्माउँदा पुन: उही समयमा फर्किएजस्तो लाग्ने रहेछ । छिट्टै सन्तान जन्माए उमेरमै झन्झटमुक्त भइन्छ । धेरै लामो ग्याप राख्दा शारीरिक तथा मानसिक रूपमा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । त्यसमाथि पारिवारिक दबाब र आफ्नो बढ्दो उमेर त छँदैछ । सकेसम्म निश्चित समयको अन्तरालमा सन्तान जन्माउनु उत्तम हुन्छ ।
मेघना प्रधान, गृहिणी
म गृहिणी हुँ । मेरी १२ वर्षकी छोरी छिन् । उनलाई जन्म दिइसकेपछि हामीले अर्को सन्तान नजन्माउने सल्लाह गर्यौं । गर्भनिरोधक साधन पनि फाप–अफाप हुँदो रहेछ । मलाई यसले त्यति धेरै असर पारेको छैन तर कतिपयमा यसले निम्त्याएको नकारात्मक असर पनि देखेकी छु । सावधानी अपनाई राम्रोसँग जँचाएर मात्र गर्भनिरोधक साधन अपनाउनु उत्तम हुन्छ । सन्तान जन्माउन धेरै लामो ग्याप राख्नु राम्रो होइन । करियर, उमेर एवं पारिवारिक व्यवहारका लागि पनि समयमै सन्तान जन्माउनु उपयुक्त हो ।
कसरी च्यातियो भरतपुरमा मतपत्र ? भरतपुर : भरतपुर महानगरपालिकाको मतगणना कार्य अनिश्चित कालका लागि स्थगित भएको छ । गएराति पौने १२ बजे वडा नं १९ को मतगणना चलिरहेका बेला राजनीतिक दलका प्र…Read More
कसरी च्यातियो भरतपुरमा मतपत्र ?सुर्खेत : घरबाट आरामसँग विद्यालय जान्छन् । विद्यालयसम्म पुग्दा पनि उनीहरू ठीकै हुन्छन् । तर जब पढ्न कक्षा कोठाभित्र पस्छन् तब उनीहरू बेहोस भएर ढल्छन् …Read More