तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ बेपत्ता, अपहरण गरेको आसङ्का

भिडियो सहित हेर्नुहोस !
Advertisement

तुलसीपुर
२७-जेठ/ तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठ हिजो बेल्का देखी बेपत्ता भएका छन् । शुक्रबार बेलुका देखि श्रेष्ठ बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिएका छन ।

श्रेष्ठकी श्रीमतीले आज बिहान ६ बजे श्रीमान सम्पर्क बिहिन भएको प्रहरीलाई जानकारी गराएको उनले जानकारी दिएका छन। श्रेष्ठ शुक्रबार रोटरी क्लब तुलसीपुरको बैठकमा सहभागी भएका श्रेष्ठ घर नफर्केर बेपत्ता भएको भएको प्रहरीले जनाएको छ । समाचार तयार पर्दा सम्म उनले प्रयोग गरेको मोबाइल अफ छ ।


श्रेष्ठ सवार बा १२ च १०७१ नम्बरको गाडीका दुई वटा टायरको हावा फाल्दियको आबस्थामा सल्यानको रिममा फेला परेको छ ।गाडी फेला परेको स्थानमा दाङ जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिह लगाएत तुलसीपुर उधाेग बाणिज्य सङघका अध्यक्ष बिमल रिजालको नेतृत्वमा दर्जनौं ब्यापारीहरु सल्यान पुगेका छन । सोही स्थानमा दाङको प्रहरी टोलि परिचालन गरिएको छ भने सल्यानको प्रहरी पनि त्यहाँ पुगेको छ ।

व्यापारी श्रेष्ठ आफै बेपत्ता भएका हुन या कसैले अपहरण गरेका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले तुलसीपुर बजारमा बुटवल बस्त्रालय सन्चालन गर्दै आएका छन् ।


Related Posts: