समय समयमा सार्वजनिक हुने सेक्सबारे गरिएका अध्ययनमा सेक्स पुनरावृत्तिबारे पनि विभिन्न धारणा सार्वजनिक हुने गरेका छन् । तपाई कत्तिको सेक्स गर्न मन पराउनुहुन्छ ? सातामा एक, दुई या तीनपटक ? त्यसो त सेक्स जोडीको अवस्था, वातावरण तथा मुडमा पनि भर पर्छ । हालै सार्वजनिक गरिएको एउटा अनुसन्धान ‘ट्रेसी कोक्स’ ले भने सुखद सम्बन्धका लागि यौनसम्बन्धको आवृत्तिबारे विभिन्न सुझाब दिएको छ ।
अनुसन्धानअनुसार कतिपटक सेक्स हुन्छ भन्ने कुरा जोडीमा भर पर्छ । दीर्घकालिन जोडीका लागि लामो समय सेक्स गर्नु निश्चय नै अस्वाभाविक हुन्छ । अनुसन्धान अनुसार रमाइला जोडीले सातामा चार पटकसम्म सेक्स गर्छन् । सेक्सले मानिसलाई कत्तिको खुसी बनाउछ त ? जोडीले एक अर्कालाई बेडमा खुसी राख्नका लागि सेक्स गर्ने जादूमय संख्या छ त रु तर नयाँ अध्ययनले सेक्स जोडीको दीर्घकालिन सम्बन्धलाई कसरी रमाइलो पार्छ भन्नेलगायत अन्य रोचक पक्षलाई पनि खुलासा गरेको छ ।
हरेक दिन यौनसम्पर्क गर्ने जोडी यदि तपाई २५ वर्षभन्दा मुनि र भर्खरै सम्बन्ध बढाउँदै हुुनहुन्छ भने तपाईमा यौन जोसको कमि छैन । तर तपाईको जोडी बषौं पुरानो हो भने यौन कार्यमा पनि मन्दी आएको हुन सक्छ । तर केही वर्ष अगाडि धेरै जोडिको ध्यान तान्न सफल भएको ‘३६५ नाइट’ नामक पुस्तकको एक अंशलाई पढ्ने हो भने सेक्सले क्षणिक र दीर्घकालिन जोडी केही भन्दैन । लामो समयसम्म सँगै रहेका जोडीले ३६५ दिन नै सेक्स गरेको बताएका थिए । यो पनि पढ्नुहोस् - यी लक्षणहरु देखापरेमा सावधान ! मिर्गौला बिग्रिदै गएको हुनसक्छ
बर्षभरी सेक्स गर्दा उनीहरु खुसी हुने, कम तनाबग्रस्त र रिस हटेको ती जोडिले दाबी गरेका थिए । व्यस्त मानिसका लागि दैनिक सेक्स जटिल पक्ष हो । दिनहुँ सेक्स सबै जनाका लागि अव्यबहारिक विषय पनि हो । महिनामा ६ पटक सेक्स गर्ने जोडीलाई सेक्सको क्रम दोब्बर गर्दा के हुन्छ भनी सोधिएको एक अध्ययनमा केही सहभागी रिसाएका थिए । किनकी उनीहरु थोरै समय सेक्स गर्न मन पराउँथे ।
सातामा तीनदेखि चारपटक सेक्स गर्ने जोडी
सन् २००४ को एक अध्ययनमा पनि एउटा निस्कर्ष आएको थियो – जति सेक्स ग¥यो त्यति नै जोडी खुसी हुन्छन् । ‘नर्मल बार’ नामक पुस्तकले पनि यस धारणालाई सही साबित गरिदिएको थियो । अमेरिकाका तीन प्रख्यात लेखकहरुद्वारा लेखिएको यस पुस्तकमा पनि हजारौं जोडीलाई के विषयले खुसी पार्छ भन्ने जिज्ञासा राखिएको थियो । जबाफ सबैको एउटै थियो –सेक्स । सातामा तीनदेखि चारपटक सेक्स गर्दा उच्च तहको सन्तुष्टि प्राप्त हुने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका थिए ।औसत जोडी सातामा एकपटक मात्र सेक्स गर्न रुचाउछन् । विभिन्न समयमा गरिएका अध्ययनले यस्तै निस्कर्ष निकालेको छ । ब्रिटिश नागरिकको बेड टाइम बानीबारे सन् २०१३ मा गरिएको एक अध्ययनमा पनि प्राय बेलायती नागरिक महिनामा पाँच पटक सेक्स गर्न रुचाउने पत्ता लागेको थियो । त्यस्तै हालै अमेरिकाका २४ हजार विवाहित महिलामा गरिएको अनुसन्धानमा पनि सातामा एकपटकको सेक्समा नै उनीहरु खुसी र सन्तुष्ट देखिएको पत्ता लागेको थियो । सातामा एकपटक सेक्स गर्ने मानिस सातामा चारपटक सम्म सेक्स गर्नेभन्दा बढी खुसी भएको सो अध्ययनको निस्कर्ष थियो ।
५० काटेपछि सेक्समा घट्दो रुची
५० वर्ष काटेका हरेक चारमध्ये एक जनाले सेक्स नगर्ने गरेको अर्को एक पछिल्लो अध्ययनले देखाएको छ । बेलायती संस्था ग्रान्सनेटको सो अध्ययनअनुसार आधाभन्दा बढी सहभागीले यौन बिनाको जीवन निकै सुखद भएको बताएका थिए । सेक्स नगर्दा पनि पार्टनरहरु खुसी हुन्छन् भन्ने तथ्य ५१ वर्षदेखि ५८ वर्ष समूहका मानिसमा गरेको यस अध्ययनले उजागर गरेको छ । यदि तपाई सधै खुसी हुनुहुन्छ वा जोडीबीच सुमधुर सम्बन्ध छ भने सेक्स नै सबैथोक होइन । प्राय सहभागीको पनि यस्तै धारणा रहेको थियो ।
नेवार समुदायको मौलिक पर्व म्हःपूजा
: कला संस्कृतिको धनी नेवार समुदाय वर्षभरि विभिन्न चाड मनाउने क्रममा देवीदेवताको पूजा त गर्छन् नै उनीहरु विभिन्न जीवजन्तुको समेत पूजा गर्दछन्। चाडपर्व…Read More
जंगली हात्तीको बथानले घर भत्कायोशुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा छिरेको हात्तीको बथानले दुवैजनाको घर भत्काउनुका साथै घरभित्र राखेको सबै अन्न खाइदिएपछि उनीहरु बिचल्लीमा परेका …Read More