भरतपुरमा दुई सय मत गणना हुँदा एमाले ज्ञवाली अघि

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ १, २०७४- सबैको लागि प्रतिक्षित बनेको भरतपुर महानगरपालिकामा दुई सय मत गणना भएसम्ममा प्रधानमन्त्री पुत्री रेणु दाहाल दोस्रो स्थानमा रहेकी छन् । पछिल्लो मत गणना अनुसार एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले १ सय ३ मत र माओवादीकी दाहालले ६८ मत प्राप्त गरेका छन् । दाहालकै लागि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले तालमेल गरेका थिए ।

कांग्रेसका दिनेश कोइरालाले भरतपुरको मेयरमा उम्मेदवारी दिएको भएपनि देउवाको दवावमा उम्मेदवारी फिर्ता लिन लगाइएका थिए ।

त्यसैगरी उपमेयरमा एकालेकी दिव्य आचार्यले ८६ र पार्वती शाहले ७८ मत प्राप्त गरेका छन् ।

Related Posts: