कतारसँग १२ महिनालाई पुग्ने खाद्यान्न छ : कतार चेम्बर

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ २४, २०७४- कतार चेम्बर अफ कमर्शले कतारसँग आगामी १२ महिनासम्म पुग्ने खाद्यान्न रहेको जनाएको छ ।
‘हामीसँग १२ महिनासम्म पुग्ने खाद्यान्न भएकोले कुनै चिन्ता लिनु पर्दैन,’ चेम्बर अफ कमर्शका अध्यक्ष शेख खालिफा विन जास्सिम विन मोहम्मद अल–थानीले भने,‘कतारमा कहिल्यै पनि खाद्यान्नको अभाव हुनेछैन । कतारले ९५ प्रतिशत खाद्यान्न र सामानहरू हवाई र समुद्री जहाजबाट ल्याउने गरेको छ ।’

बदलिँदो परिवेशअनुसार कतारमा खाद्यान्न आपूर्ति गर्ने ४० वटा ठूला कम्पनीसँग थप सहजीकरण भइरहेको उनले बताए । छिमेकी देश साउदी अरबले सीमा बन्द गरेपछि चेम्बर अफ कमर्शले खाद्यान्न आपूर्ति सहज बनाउन थप ३ देश र आपूर्ति कर्तासँग सम्झौता गर्ने जनाएको छ । त्यसको लागि चेम्बर अफ कमर्शका प्रतिनिधि र खाद्यान्न आपूर्तिकर्ता कम्पनी संलग्न संयुक्त समन्वय समिति बनाएको छ ।

‘उपभोग्य वस्तुको आपूर्ति बढाउन प्रमुख आयातकर्तासँग सम्झौता भइसकेको छ । आवश्यक सम्पुर्ण विकल्पहरु प्रयोग गरिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

Related Posts: