जेष्ठ १, २०७४- गुठिचौर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका हरिबहादुर भण्डारी विजयी भएका छन् । एमालेको अखाडा मानिएको गोठीचौर गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार भण्डारी प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा पनि माओवादी केन्द्रका जानदेवी ऐडि विजयी भएकी छन् ।
भण्डारीले एक हजार ५ सय ९६ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएको गोठीचौर निर्वाचन अधिकृतको कार्यालय गुठिचौरले जनाएको छ । निकटतम् प्रतिद्वन्द्वी एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार ४ सय ६७ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका गाउँपालिका उम्मेदवार दानबहादुर बुढाले ५ सय ८७ मत प्राप्त गरे । त्यस्तै उपप्रमुखमा ऐडीले एक हजार ५ सय ८५ मत प्राप्त गरी विजयी भएकी हुन् । उनको निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार धनरुपा बुढाले एक जार तीनसय ६५ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका उपप्रमुखकी उम्मेदवार सुमन बस्नेत बुढाले ५ सय ३७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
किन गर्नु हुँदैन एउटै गोत्रमा विवाहकिन गर्नु हुँदैन एउटै गोत्रमा विवाह? गोत्र शब्दको अर्थ हो बंश/कुल । गोत्र प्रणालीको मुख्य उद्देश्य कुनै पनि ब्यक्तिको प्रचीनतम ब्यक्तिसँग सम्बन्ध स्था…Read More
भक्तपुरमा २ सय ४६ पैदलयात्री कारबाहीभक्तपुर : महानगरीय प्रहरी परिसर भक्तपुरले पनि जेब्राक्रसिङ र आकासेपुलबाहेक अन्यत्रबाट जथाभावी बाटो काट्ने पैदलयात्रीलाई कारबाही थालेको छ।एक महिनादेखि …Read More