श्वेताले रुँदै श्रीकृष्णको तस्विर छोएर खाइन् यस्तो कसम (भिडियो)

भिडियो सहित हेर्नुहोस !
Advertisement


सिन्धुपाल्चोक, १६ जेठ । नायिका स्वेता खड्काले सिन्धुपाल्चोकको ठूलोसिरुबारी स्थित माझी गाउँमा एकीकृत नमुना बस्ती निर्माण सुरु गरेकी छन् । भूकम्प गएको दुई वर्षसम्म पुनःनिर्माण हुन नसकेको माझी गाँउमा स्वेताले नमुना बस्ती निर्माण सुरु गरेकी हुन् ।

६३ माझी परिवारको लागि बनाउन लागियो बस्तिको शिलान्यास नायिका खड्का र पुनर्निर्माण प्राधिकरण प्रुमख डा। गोविन्द पोखरेलले सोमवार गरेका छन् । स्वेताका स्वर्गिय पति श्रीकृष्ण श्रेष्ठको समृतिमा ‘हाम्रो रहर सानो घर’ नारा सहित ‘स्वेता श्री फाउन्डेशन’ ले बस्ति निर्माण गर्न लागेको हो ।

सरकारले अनुदान दिने तीन लाखसँगै बाँकी बस्ती बनाउन लाग्ने रकम सहयोगीबाट र नपुगेको खण्डमा फाउन्डेशनले नै सहयोग गर्ने स्वेताले बताइन् ।

उनले बस्ती कुनै पनि हालतमा बनाउने बचा समेत गरिन् । एकिकृत बस्ती बस्ने भएपछि माझी बस्तीमा खुशीयाली छाएको छ । माझी बस्तीमा रहेका ६३ घर धुरी सहित बाल बगैंचा, बाटो, बायो ग्याँस र चौतारा निर्माणको लागि ५ करोड ४२ लाखको बजेट अनुमान गरिएको छ ।

निर्माण गर्न लागेको बस्ती शिलन्यास कार्यक्रममा प्राधिकरणका प्रमुख पोखरेल, पूर्व प्रधान सेनापति रुक्मागत कटुवाल, डाक्टर भोला रिजाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नायक निखिल उप्रेती, कलाकार बसुन्धरा भुषाल, गायक प्रमोद खरेल हाँस्य कलाकार जितु नेपाल पुगेका थिए ।

Related Posts: