चितवनको भरतपुर घटना बारे निर्वाचन आयोगको निर्णय विरुद्ध रिटको पेशी मंगलबारका लागि सरेको छ । पुनः चुनाव गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध दर्ता रिट आज प्राथमिकतामा नपरेपछि मंगलबारका लागि सारिएको सर्वोच्चले जनाएको छ ।
अज मुद्दा हेर्न नभ्याउने भएपछि मंगलबारका लागि पेशी सरेको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । आज उक्त रिटको क्रम संख्या ध नम्बरमा परेको थियो ।
आज दुबै पक्षको बहस सुनेर फैसला गर्ने भनिए पनि प्राथमिकतामा नपरेपछि पेशि सारिएको हो । सर्वोच्चमा आइतबार र मंगलबार मात्र रिट माथि बहस हुन्छ । आज उक्त मुद्धा न्यायाधीश विश्वम्वर प्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा तोकिएको थियो ।
बहसका लागि आज पक्ष र विपक्ष दुबै पक्षलाई बोलाइएको थियो । भरतपुरको १९ नम्बर वडामा गणना गर्दै गर्दा ९० वटा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले त्यो वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय विरुद्ध नेकपा एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो ।
टिप्पणी : सुस्त शैलीमै देउवा असार २१, २०७४- शेरबहादुर देउवाले चौथोपल्ट प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको बिहीबार एक महिना पुग्दैछ । तर उनले आफ्नै निजी सचिवालयसमेत बनाउन सके…Read More
मोरङमा एमालेलाई धक्काविराटनगर : ०५४ सालको स्थानीय निकाय निर्वाचनमा मोरङको एक उपमहानगरसहित करिब सबै गाविसमा सानदार विजयको झन्डा फहराएको एमालेले गणतन्त्रको पहिलो स्थानीय तह …Read More