नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब फेरि स्थानीय तहको दोस्रो चरणको निर्वाचन मिति परिवर्तन नहुने बताएका छन् । असार १४ गते तोकिएको मिति कुनैपनि अवस्थामा परिवर्तन हुन नदिने उहाँको भनाई छ ।
नेकपा एमाले बाँकेद्धारा आइतबार आयोजित नेपालगञ्ज उपमहानगरपालिकाका उम्मेद्वार घोषणा कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष ओलीले भने– ‘असार १४ गते तोकिएको निर्वाचनको मिति वरपर सर्नेवाला छैन् ।’
नेकपा एमाले सामाजिक सद्भाव, समृद्धि र राष्ट्रिय एकताको पक्षमा भएको बताउदैं अध्यक्ष ओलीले नेपालगन्जबासीले सामाजिक सद्भावका पक्षमा खेलेको भूमिकालाई मुल्यांकन गरी मुस्लिम नेता सम्सुद्दिन सिद्दिकीलाई प्रमुख र महिला नेतृ शान्ति ढकाललाई उपप्रमुखको उम्मेद्धार बनाइएको जानकारी दिनुभयो ।
एमालेले मुस्लिम समुदायबाट प्रमुखको उम्मेद्धारी दिएपछि अन्य पार्टीलाई जिताउन र एमालेलाई हराउन मुस्लिम उम्मेदवार मैदानमा ल्याउन सक्नेतर्फ मुस्लिम समुदायको ध्यानाकर्षण गराए । तराई मधेसमा निर्वाचन नहुँदासम्म एमाले बढारिने बताउदै वास्तविक तागत असार १४ पछि सबैले बुझ्ने गरी देखिने बताए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य दिनेशचन्द्र यादव, मो. हारुन, मेटमणी चौधरी, जिल्ला अध्यक्ष अशोक कोइराला, उपाध्यक्ष निरक गुरुङ, सचिव रत्न खत्री लगायत उपस्थित उपस्थित थिए ।
नेकपा एमाले उपमहानगरपालिका संगठन कमिटीका सचिव दत्तप्रसाद आचार्यले संचालन गरेको कार्यक्रममा कमिटीका संयोजक समेत रहेका जिल्ला उपसचिव प्रमोद धितालले उम्मेद्वारको नाम सार्वजनिक गरेका थिए ।
सरकार मिचेको मिच्यै, आयोग हेरेको हेर्यैकाठमाडौं । स्थानीय तहको चुनावको मिति आउन ५ दिनमात्रै बाँकी रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार ने…Read More