वैशाख ३१, २०७४ चितवनको राप्ती नगरपालीका ९ का माओबादी केन्द्रका वडाअध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाल बेपत्ता भएका छन् । मतदानको अघिल्लो दिन शनिबार राती उनी घरबाट बेपत्ता भएका हुन् । प्रहरीले उनको खोजी गरे पनि अहिले सम्म फेला परेको छैन ।
उनी अपहरणमा परेको हो वा होईन भन्ने पुष्टि भएको छैन । गएराती घरबाट शौच गर्न बाहिर निस्केका रिमाल बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख एसपी दिपक थापाले बताए । घरपरिवारका अनुसार उनी शौचालय गर्न भनी बाहिर निस्के पछि बेपत्ता भएका हुन् । एसपि थापाले भने, ‘हराएको खवर पाउनासाथ नेपाल र सशस्त्र प्रहरीले संयुक्त रुपमा खोजी गरिरहेको छ ।’
उनी हालसम्म फेला परेको छैनन् । अपहरणमा परेको भन्ने त्यस्तो कतैबाट पुष्टि नभएको एसपि थापाले जानकारी दिए । सुरक्षाकर्मीले सम्भावित क्षेत्रमा खोजी गरिरहेको जनायो । जिल्लाभित्र बिप्लव माओवादीको गतिबिधि बढ्न नदिन झण्डै ५ हजार सुरक्षाकर्मी परिचालीत छन् ।
यहाँ एक महानगरपालीका पाँच नगरपालीका र एक गाउँपालीका बिहानबाट मतदान भईरहेको छ ।
बेकार विदेश आइएछ !खाडीमा आएर हातपाखुरा बजार्न थालेको पनि बर्षौं भयो । सकेसम्म काम गरिरहेको छु । र, सकीनसकी घरमा रेमिट्यान्स पठाइरहेको छु । म र मजस्तै साथीहरुले पठाएको र…Read More