दोलखा, काभ्रे, दैलेख, हुम्ला, रामेछाप लगायत जिल्लाका केही मतदान केन्द्रमा कार्यकर्ताहरुबीचको झडपले स्थगित भएका छन् भने सर्वदलीय बैठकपछि केहीमा भने मतदान पुन: सुरु भएको हो ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


वैशाख ३१, २०७४ निर्वाचन आयोगले साढे १२ बजेसम्म ४५ प्रतिशत मतदान सम्पन्न भएको जनाएको छ । केही स्थानमा झडप तथा विवाद भएपनि बांकी सम्पूर्ण स्थानमा मतदान शान्तिपूर्ण रुपमा भईरहेको आयोगको भनाई छ । दोलखा, काभ्रे, दैलेख, हुम्ला, रामेछाप लगायत जिल्लाका केही मतदान केन्द्रमा कार्यकर्ताहरुबीचको झडपले स्थगित भएका छन् भने सर्वदलीय बैठकपछि केहीमा भने मतदान पुन: सुरु भएको हो ।

स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तरगत तीन वटा प्रदेशका ३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदानमा औसतमा ४५ प्रतिशतसम्म मतदान भएको जनाएको हो ।

आयोगले आइतबार २ सय ८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहे पनि दुई वटा स्थानीय तहमा यस अघि नै निर्विरोध निर्वाचित भइसकेकोले २ सय ८१ स्थानीय निकायमा मात्रै मतदान जारी रहेको जनाएको छ ।



Related Posts: