श्रावण १४, २०७४- दुगुना पहाड झरेर लार्चा पुल भाँच्चिएपछि हालिएको स्टिल पुल भाँच्चिएपछि फेरि तुइन हालेर आउजाउ सुरु गरिएको छ । तातोपानी नाका जोड्ने पुल भास्सिएको स्थानमा अस्थायी पुल एक्कासी भाँच्चिएपछि तत्कालै तुइन हालिएको हो ।
लार्चास्थित तातोपानी नाका जोड्ने पुल भाच्चिएपछि पारी नै रहेका बासिन्दा पाँच घण्टा पैदल हिँडेर लार्चा वारी आउने गरेका थिए । सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी विमल डाँगीकाअनुसार स्टिलको पुल भाच्चिएर लच्कीएको थियो अहिले तुइन प्रयोगमा ल्याइएको छ ।
‘पुल भाच्चिएलगत्तै अस्थायी तुइन हालिएपछि पनि स्थानीय उत्साही छन्,’ पुल निर्माणको लागि सहयोगार्थ पुगेका उनले भने ,‘ तुइनबाट भने पनि स्थानीय आउजाउ गर्न थालिसकेका छन् ।’ स्टिलपोलबाट बनाइएको पुल प्रयोगबिहीन भएपछि तत्कालै तुइन हालेर आवतजावतको लागि प्रयोग भइरहेको बताए ।
‘जे भएपनि अस्थायी तुइन त बन्यो ,सामान्य आउजाउ गर्न सकिने भयो ,’ अस्थायी स्टिल पोलले बनेको तुइनमा चढ्दै गरेका साने शेर्पाले भने,‘ अब पक्की पुल समेत चाँडै बन्ने आसा पलाएर आएको छ ।’
दुगुना पहाड झरेर लार्चा पुल भास्सिएपछि स्टिल पोल हालेर आउजाउ सुरु गरिएको छ । तातोपानी नाका जोड्ने पुल भास्सिएको स्थानमा अस्थायी पुल निर्माण गरिएको हो । उक्त पुलबाट मानिसहरु मात्रै आउजाउ गर्न सक्छन् ।दुगुनाभीर हुँदै जाँदा पहिरोको जोखिम मोल्नुपर्ने भएपछि भेनपार्किङबाट झोलुगें पुल तरेर पाङ्सेर्पु भएर बाटो गइ नारानथान निस्किएर खोकुण्डोल झर्न पाँच घण्टा लाग्ने गरेको शेर्पाले बताइन् ।
अस्थायी पुलको भाग थोरै भएकाले बिरामी, वृद्धवृद्धा देखि सुत्केरीलाई आउन जान समस्या रहेको उनले जनाइन् ।
२२ सयको बसोबास रहेको तातोपानीमा जोखिमको त्रासले अधिकाशंले घर छोडिसकेका छन् । विपन्न परिवार मात्रै जोखिम मोलेर आफ्नै थलोमा बस्न बाध्य छन् । बाँकी रहेका खाद्यन्नले केही समय पुग्ने भएता पनि स्वास्थ्य, शिक्षा, विद्युत र टेलिफोनबिहीन हुँदा उनीहरु समस्यामा परेका छन् ।
लार्चा पुल भत्किएको भोलिपल्टै लार्चा पुगेका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल र सोमबार पुगेका भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेल सहितको उद्योग वाणिज्य संघको टोलीले अस्थायी पुल बनाउन सुरु गरेको थिए । बिहीबार पुगेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सातदिनमा बेलिब्रीज निर्माणको काम सुरु गरिने स्थानीयलाई आश्वसन दिएका थिए ।
‘केही दिनको लागि बलियो फड्के हालेर फुल्पिङकट्टी र तातोपानीलाई सम्पर्क गराउन थालेका हौं,’ प्रमुख पौडेलले भने, ‘बेलिब्रीज नभएसम्म घिर्लिङ प्रयोग गराउने सोंचमा छौं ।’ उनले चीनको न्यालम जिल्लालाई बेलिब्रीज ल्याउन अनुरोध गर्ने सोचमा रहेको सुनाए ।
स्थानीयकाअनुसार बेलब्रिज हाल्न सहज भने छैन् । पुलको दुवैको भागको छेउ भिरमुनी भएकाले पहिरोको जोखिम छ । खसेको पुलको भुभागले नदी बगिरहेको स्थानलाई साँघुरो बनाएको छ । यसले बाढीको जोखिम बढाएको छ ।
अन्ततः भारतीले गरिन् इन्गेज्मेन्टचर्चित कमेडियन भारती र उनका ब्वायफ्रेन्डले इन्गेज्मेन्ट गरेका छन् । यो खुशीको खबर भारतीले इन्स्टाग्राममा तश्वीर शेयर गरेकी दिएकी हुन् । भारतीले इन्स्ट…Read More