वैशाख ३०, २०७४- २०४६ को परिवर्तनपछि मुलुक पहिलो आम निर्वाचनको संघारमा थियो । म राजा वीरेन्द्रको प्रमुख संवाद सचिवका रूपमा दरबारमा थिएँ । एमाले महासचिव मदन भण्डारीले त्यो निर्वाचनमा काठमाडौं–१ र काठमाडौं–५ मा प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये काठमाडौं–१ मा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई उनका प्रमुख प्रतिस्पर्धी थिए । त्यसै क्रममा भण्डारीले चाबहिलको चुनावी सभामा राजा वीरेन्द्रविरुद्ध उत्तेजक भाषण गरेको समाचार चर्चामा आयो । त्यो सभामा भण्डारीले भनेछन्, ‘हात नलम्काइबक्स्योस्, आँखा नचम्काइबक्स्योस् र आफ्ना शण्डमुसण्डहरूलाई नचलाइबक्स्योस् । यदि शण्डमुसण्डलाई नै चलाउने हो भने महाराजले श्रीपेच उतारेर, सिंहासनमा राखेर मैदानमा नेता भएर आउनुपर्यो, ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् ।’ ०४७ को संविधानले राजालाई संवैधानिक सीमामा राखेको थियो । संवैधानिक राजालाई श्रीपेच खोलेर चुनावमा आउन भण्डारीले दिएको चुनौती कुनै पनि हिसाबले उपयुक्त थिएन । भण्डारीको कथनले मेरो दिमाग चक्करायो । उनको कुरा मलाई सैह्य भएन । मैले राजा वीरेन्द्रसँग भनेँ, ‘यस विषयमा म मदन भण्डारीसँग कुरा गर्छु ।’ राजा वीरेन्द्रले भन्नुभयो, ‘कसरी कुरा गर्छौ । तिमीले भनेको उनले मान्लान् र ?’ मदनलाई त्यस्तो अभिव्यक्ति नदिन कन्भिन्स गर्न आफू सक्षम हुने विश्वास दिलाएँ राजालाई । त्यसपछि राजाले पनि मदनसँग कुराकानी गर्न स्वीकृति दिनुभयो । मैले मदन भण्डारीलाई फोन गरँे । सुरुमा त उनले ‘फुर्सद छैन’ भनेर टार्न खोजे । उनको भावबाट मैले बुझेँ, उनी भेटघाट गर्ने पक्षमा छैनन् । मचाहिँ जसरी पनि भेटेर कुरा राख्ने पक्षमा थिएँ । मैले भनेँ, ‘तपाईं साँच्चिकै नेता हो भने फुर्सद निकालेर भए पनि भेट गर्नुपर्छ ।’ यति भनेपछि उनी भेटघाटका लागि तयार भए । तर खुला रूपमा होइन, गोप्य रूपमा भेट्ने र त्यसबारे कसैलाई जानकारी दिन नहुने सर्त राखे । राति १० बजे बालाजुको बाइपासमा भेट्ने कुरा भयो । त्यसैअनुसार राति १० बजे हामीले बाइपासमा भेट गर्यौँ । उनी आफ्नो गाडीमा आएका थिए । भेटघाटलाई गोप्य राख्नुपर्ने भएकाले मदनका ड्राइभर मेरो गाडीमा गए । मदन र म उनको गाडीमा बसेर कुराकानी गर्यौँ । मैले भनेँ, ‘नेताले त सिद्धान्त र नीतिगत कुरा गर्नुपर्छ । तर तपाईंले त्यसविपरीत अभिव्यक्ति दिइरहनुभएको छ ।’ मदनको प्रश्न थियो, ‘के भयो र ?’ मैले भनेँ, ‘अहिलेको संविधानको निर्माता तपार्इंहरू नै हो । तपाईंहरूले बनाएको संविधानले राजाले चुनाव लड्ने व्यवस्था कतै पनि गरेको छैन । तर तपाईंले त राजालाई प्रतिस्पर्धा गर्नका लागि पो चुनौती दिनुभयो । संवैधानिक राजाले यसरी चुनाव लडेको घटना छन् र कतै ?’ उनले आफ्नो अभिव्यक्तिलाई चुनावी भाषणका रूपमा मात्र बुझिदिन अनुरोध गरे । उनको भनाइ थियो, ‘अलिकति चर्का कुरा नगरी चुनाव जितिन्न । चुनाव जित्ने नीतिअन्तर्गत मैले त्यसो भनेको हुँ ।’ मैले भनेँं, ‘तपाईं नै संविधानको बर्खिलाप बोल्दै हिँड्नुहुन्छ । अनि राजा कसरी संविधानको सीमाभित्र बस्छन् ?’ पौने घण्टाको त्यो कुराकानीमा मदनले मेरो कुरामा सहमति जनाए । आगामी दिनमा त्यस्तो उत्तेजक अभिव्यक्ति नदिने विश्वाससमेत दिलाए । मदन भण्डारीसँग भएको कुराकानीबारे मैले राजालाई जानकारी गराएँ । राजाको भनाइ थियो, ‘अब त्यस्तो अभिव्यक्ति दिन्नँ भनेका छन् भने ठीकै छ । हेरौं, आगामी दिनमा कसरी जाँदा रहेछन् ?’ त्यस दिनपछि हामीले मदन भण्डारीका भाषणसम्बन्धी समाचारहरू खोजी–खोजी पढ्न थाल्यौँ । उनले राजा र दरबारको विरुद्धमा बोलेका समाचार देखिएनन् । चुनाव भयो । उनले काठमाडौं ५ मा त जिते नै । अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर काठमाडौं १ बाट समेत जित हासिल गरे । उनको जितमा दरबारविरुद्ध उनको उत्तेजक अभिव्यक्तिले पनि भूमिका खेल्यो होला । चुनावमा विजय हासिल गरेकोमा फोन गरेर मैले मदनलाई बधाई दिएँ । बधाईका साथ फेरि भेटघाटका लागि प्रस्ताव राखेँ । भेटघाटका लागि यसपटक उनी सहजै तयार भए । कति हार्दिक देखिए भने, चुनावी अभियानका दौरान आफू कालीमाटीस्थित मेरो घरनजिकै पुगेको तर व्यस्तताको कारणले भेट्न नपाएको समेत सुनाए । दोस्रो भेट कोटेश्वर नजिकै तीनकुनेमा गर्ने तय गर्यौँ । राति सभा दस बजेको समय मिलाइएको थियो । पहिलो भेटकै शैलीमा हामीले कुराकानी गर्यौँ । अर्थात्, उनको ड्राइभरलाई मेरो गाडीमा गए । उनको गाडीमा हामी दुई जना मात्र रह्यौँ । मैले भनेँ, ‘अब तपाईंहरू प्रमुख प्रतिपक्षी दल हुनुभयो । जिम्मेवार स्थानमा पुग्नुभयो । प्रमुख प्रतिपक्षको मुख्य जिम्मेवारी भनेको सरकार गलत बाटोमा गयो भने उसलाई ठीक बाटोमा लैजाने हो ।’ चुनावपछि हामीले कुन पार्टीबाट कस्तो पृष्ठभूमिका मानिसहरू प्रतिनिधिसभामा निर्वाचित भएर आएका छन्, त्यसको अध्ययन गरेका थियौँ । कांग्रेसबाट निर्वाचित भएका धेरैजसो सांसदहरू लामो समय राजनीति गरेका पेसेवर राजनीतिकर्मी थिए । एमालेबाट चाहिँ विद्यार्थी र शिक्षक पृष्ठभूमिबाट आएकाहरू थिए । मैले मदनलाई यही कुरा स्मरण गराएँ । र, भनेँ, ‘तपाईंका सांसदहरू शिक्षक पृष्ठभूमिका छन् । यस्तो पृष्ठभूमिका सांसदहरू भएकाले उनीहरूलाई अलिकति तालिम दिनुभयो भने तपाईंहरूले संसद्मा प्रभावकारी भूमिका खेल्न सक्नुहुन्छ ।’ सांसदहरूको पृष्ठभूमिबारे मेरो विश्लेषणबाट उनी प्रभावित भए । भने, ‘तपाईंबाट राम्रो शिक्षा पाइने रहेछ ।’ त्यही मेसोमा मैले उनलाई राजासँग भेट्न प्रस्ताव गरेँ । भनेको थिएँ, ‘अब त तपाईंहरू प्रमुख प्रतिपक्ष हुनुभयो । प्रमुख प्रतिपक्ष भएपछि राजाका कुरा पनि सुन्नुपर्छ । त्यसैले राजासँग भेट्नुस् ।’ यो आकस्मिक प्रस्ताव थियो । उनी राजासँग भेट्ने पक्षमा देखिएनन् । अनकनाए । मैले भनेँ, ‘बेलायतमा पनि प्रमुख प्रतिपक्षी दलका प्रमुख नेताहरूले राजालाई भेट्ने चलन छ । तपाईं प्रमुख प्रतिपक्षी दलको जिम्मेवार नेता हो । त्यही हैसियतमा राजालाई भेट्नुस् ।’ पार्टीका साथीहरूसँग कुराकानी गरेर भेट्ने नभेट्ने निक्र्याेल गर्ने र पर्सिपल्ट फोनमा यस सम्बन्धमा जानकारी दिने बताए । पर्सिपटक उनी आफंैले फोन गरे । राजासँग भेट्न तयार थिए उनी । साथीहरूसँग कुराकानी गरेर भेट्न तयार भएका हुन् वा एकल निर्णय हो, त्यसबारे केही बताएनन् । मिति याद छैन, राति ८ बजेका लागि दरबारको मंगल सदनमा भेट हुने कार्यक्रम बनाइएको थियो । भेटका लागि मदन दौरा–सुरुवाल र ढाकाटोपी लगाएर दरबार आए । एमाले हिंसात्मक झापा आन्दोलनबाट सतहमा आएको पार्टी थियो । त्यही पार्टीका महासचिव मदन भण्डारी खुला राजनीतिमा भर्खर उदाउँदै गरेका नेता थिए । लामो राजालाई मदन कस्तो स्वभावका नेता हुन् भन्ने थाहा थिएन । मदन पनि पहिलोपटक राजालाई भेट्दै थिए । उनलाई पनि राजा कस्ता छन् भन्ने जानकारी थिएन । मदनसँग कुराकानी गर्न राजालाई असहज होला भनेर मैले कुराकानीका केही बुँदा बनाएर राजालाई दिएँ । धेरै नेताहरू राजालाई पहिलोपटक भेट्दा हडबडाउँथे । डराउँथे । मदन राजासँग कसरी प्रस्तुत हुँदा रहेछन्, कत्तिको आँटिला नेता रहेछन्, म त्यो जान्न चाहन्थेँ । त्यस्तो भेटघाटबाट नेतामा कति संस्कार छ भन्ने पनि जान्न पाइन्थ्यो । त्यसैले त्यो भेटमा म छेउमा बसेँ । मदन र राजाबीच भेटघाट नभएकाले चिनजान गराउन पनि त्यहाँ बस्नु जरुरी थियो । चिनजानपछि कुराकानीको सुरुआत राजाबाटै भयो । राजाले भन्नुभयो, ‘अहिले राजनीतिक परिस्थिति बदलिएको छ । बदलिएको परिस्थितिमा हाम्रो भेट भएको छ । परिस्थिति बदलिएकाले प्रस्टसँगै कुराकानी गरौँ है ।’ मदनले भने, ‘हुन्छ ।’ मैले तयार गरेको बुँदाकै सेरोफेरोमा रहेर राजाले कुराकानी सुरुआत गरे । राजा वीरेन्द्र, ‘तपाईंहरू विपक्षी दल भएकाले प्रधानमन्त्रीसँग तपाईंहरूको धेरै भेट हुन्छ, संवैधानिक राजाको भन्दा । तर मेरो अनुभवमा प्रधानमन्त्री जिद्दी स्वभावका छन् । तपाईंहरूले भनेको कुरा नमान्न सक्छन् । त्यो बेला तपाईंहरू के गर्नुहुन्छ ?’ मदन, ‘यदि हामीले भनेको कुरा मानेनन्, आफ्नै कुरामा जिद्दी लिइरहे भने हामी संसद्मा अवरोध सिर्जना गर्छौँ ।’ राजा वीरेन्द्र, ‘त्यसो गर्दा तपाईंहरू अलोकप्रिय हुन सक्ने खतरा रहन्छ । सदन अवरोध गर्नेबाहेक अरू के विकल्प छन् ?’ मदन, ‘सकभर हामी सदनबाट नै प्रयास गर्छौं । यदि सदनबाट सरकारलाई ठीक बाटोमा ल्याउन सकेनौं भने हामी जनताको बीचमा जान्छौं ।’ राजा वीरेन्द्र, ‘नेताहरूको भनाइ र गराइमा फरक हुन्छ । जनतालाई भनेको कुरा पुर्याउनुपर्छ । नत्र जनताको बीचमा अविश्वसनीय भइन्छ । तपाईंहरूले पनि जनतालाई आश्वासन मात्र दिने काम गर्नुहुने हो कि ?’ मदन, ‘ठीकै हो । नहुने कुरा बोल्दा जनतामा गलत सन्देश जान्छ ।’ राजा वीरेन्द्र, ‘प्रमुख प्रतिपक्ष भनेको ‘वेटिङ इन गभर्मेन्ट’ हो । सरकार असफल भयो भने विपक्षी पार्टीले सरकार बनाउने हो । तपाईंहरू जिम्मेवार रूपमा प्रस्तुत हुनुभएमा जनताले विश्वास गर्छन् । त्यसैले तपाईंहरूले दिगो विचार राख्नुपर्छ ।’ मदन, ‘हामी जनताको बीचमा शालीन तरिकाले, तर्कपूर्ण रूपले
आउ न यहाँ बेड मा सुतेर हेर कुरो करिब ४ बर्ष अगाडि को हो । म माध्यमिक शिक्षा हासिल गरेर क्याम्पस पढ्न दाङमा आएको थिए । आफ्नो घर पहाड मा भएको कारण ले गर्दा डेरा गरेर बस्नु पर्दथीय…Read More
धेरै सेक्स गर्ने महिला बढी बुद्धीमानी महिलाहरुले अत्याधिक अर्थात धेरै पटक सेक्स गरेमा स्मरण शक्ति बढ्ने एक अध्ययनले देखाएको छ । क्यानाडाको म्याकगल विश्वविद्यालयले गरेको अध्ययन अनुसार…Read More