भाद्र ११, २०७४- ‘सोह्र बर्ष लाग्न लागेकी थिएँ । एसएलसी परीक्षा दोस्रो श्रेणीमा उतिर्ण भएपछि थप पढाइका लागि खर्च जुटाउन नसकिने बारे बाबु–आमाबीच गनथन भैरहँदा मनमा आत्यसका तरङ्गहरु दौडिरन्थ्यो ।’ दोलखाका एक युवतीले दिल्लीको वेश्यालय (कोठी) मा बेचिनुअघिको पृष्ठभूमि पारिवारको गरिबीको चत्रव्युहबाट सुरु गरिन् । ‘पैसा अभावमा बाबु–आमाले एसएलसी उतिर्ण गरेकी छोरीलाई घरनजिकको विद्यालयमा ११ कक्षामा भर्ना गरिदिनेसम्म आँट गर्नसक्नु भएन ।’ युवतीले भन्दै गइन, ‘बाबु सिकर्मी र डकर्मी काम गर्नुहुन्थ्यो तर पैसा जति जाडरक्सीमा उडाउनु हुन्थ्यो । साँझ मात्तिएर घर आएपछि आमालाई कराउन सुरु गर्नुहुन्थ्यो, आमा डरले भाग्नुहुन्थ्यो र बुबा सुतेपछि राती फेरि घर फर्कनुहुन्थ्यो ।’
अब बन्ने प्रधानमन्त्री समलिंगी !२० जेठ । आयरल्याण्डमा समलिंगी प्रधामन्त्री बन्ने भएका छन् । लियो भाराड्कार आयरल्याण्डका प्रधानमन्त्री बन्ने भएका हुन् । ३८ वर्षीय भाराड्कार रिपब्लिक अ…Read More