जेठ २०, काठमाडौं – यस वर्षको मिस नेपाल (हिडन ट्रेजर) निकिता चन्दक भएकी छन् ।
शुक्रबार राति सम्पन्न प्रतियोगितामा सहभागी १८ जना प्रतिस्पर्धिलाई पछि पार्दै चन्दक मिस नेपाल २०१७ भएकी हुन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्याइदिइन् ।
त्यसैगरी पहिलो रनरअपको उपाधि रोजिना श्रेष्ठ र दोस्रो रनरअपको उपाधि निति शाहले प्राप्त गरेकी छन् ।