१) कुनै पनि सामान बोक्ने र उचाल्ने गर्दा गर्दनमा क्षति नहुने गरेर उचाल्ने गर्नुहोस् र टाउकोमा सामान राख्ने नगर्नुहोस् । २) लामो समय सम्म कम्प्युटरमा काम गर्ने/गाडी चलाउने/जस्ता काम नगरौ र नियमित विश्राम लिने गर्नुहोस् ।
३) मनतातो तोरीको तेलमा दुखाई कम गर्ने (pain 0il) तेल २-३ थोपा मिसाएर हलुका बिहान र बेलुका मालिस गर्नुहोस् । ४) यात्रा गर्नै पर्दा पछिल्ला सिटहरुमा नबस्नुहोस् र खाल्टाखुल्टीमा ध्यान पुर्याउनुहोस् (cervical collar) को प्रयोग गर्न सक्नुहुन्छ । ५) नियमित शारिरिक व्यायाम गर्ने बानी बसालौ तर गर्दनमा असर गर्ने गरी कुनै पनि व्यायाम नगरौ । सम्बन्धीत डाक्टरले दिएको सल्लाह र (Exercise) लाई नियमित रुपमा गर्ने गर्नुहोस् । ६) गर्दन दुख्नेहरुले धैरे ठूलो तकियामा सुत्नु हुदैन, घोप्टो पनि नसुत्ने र तकियाले गर्दनलाई सजिलो हुने गरी सुत्ने गर्नुपर्दछ । ७) बढी लच्केको वा धेरै कमलो खाले तकिया र बिछ्यौनाको प्रयोग नगरौं ।
घुँडा दुखाईमा ध्यान दिनुपर्ने कुराहरु :- १) नियमित व्यायाम गर्ने बानी बसालौं जस्तैः- जोर्नीहरु चलाउने, सामान्य हिडाई, आदी । २) टुक्रुक्क हथवा पलेटी मारेर नबस्ने । ३) मनतातो तोरीको तेलमा ३-४ थोपा (pain oil) दुखाई कम गर्ने तेल मिसाएर बिहान र बेलुकी हलुका मसाज गर्ने । ४) तोल घटाउने वा नियन्त्रण गर्ने । ५) तातो पानीको झोला (Hot water bag) ले सेक्ने तर सुनिएको छ भने बरफ (Ice) ले २- मिनेट सम्म हलुका मसाज गर्ने । ६) भर्याङ्ग वा सिडी धेरै पल्ट तल माथि नगर्ने । ७) (Knee support) को प्रयोग गर्ने । (Exercise):- १) भित्तामा अढेस लगाएर खुट्टा लामो गरेर बस्ने, तिघ्राको मासु कस्न – १० गन्ने र १० पटक गर्ने । २) घुँडा मुनि रुमाल राखेर थिच्ने, कुर्कुचालाई उठाउने – १० गन्ने र १० पटक गर्ने । ३) ढाड सिधा गरी कर्सीमा अढेस लगाएर बस्ने, पालै पालो खुट्टा सिधा माथि उठाउने – १० गन्ने र १० पटक गर्ने । ४) दुवै घुँडाको बीच रुमाल राखेर च्याप्ने – १० गन्ने र १० पटक गर्ने । ५) खुट्टा सिधा तन्काएर बस्ने, दुवै हातले खुट्टाको औंला छुने कोसिस गर्ने – १० गन्ने र १० पटक गर्ने । ६) खुट्टा झुन्डाएर एक अर्का माथि राख्ने, तलको खुट्टाले माथि र माथिल्लो खुट्टाले तल बराबरी ठेल्ने । (लेखक, प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर हुन् ।)
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।