सुरजले बिरामी भएको बताएपनि कम्पनीले भने एक हप्ता सम्म बिनाजानकारी काममा नआएको आरोप लगाएको छ । काठमाडौं सिनामङ्गल स्थित अल अयूनि ओभरसिज म्यानपावर कम्पनीका म्यानेजर राम चौधरीले भने सुरजले कम्पनीसँग माफि माग्नु पर्ने बताउनुभयो । सुरजले माफि माग्दै अब यसो नगर्ने बताएपछि कम्पनीले कागजात फिर्ता दिएर काममा लगाउने उहाँको भनाई छ ।
सुरज तीन महिना पहिले ८० हजार रुपैयाँ तिरेर हेल्परको काममा साउदी जानुभएको हो । तर उहाँलाई जानेबेला म्यानपावर कम्पनीले सञ्चार कम्पनी हो, इन्जिनियरसँग डुल्नुपर्छ भनेको थियो । त्यहाँ पुगेपछि सुरजले बेल्चा चलाउनु पर्यो । १ हजार रियाल तलव भनेर गएका सुरजले तलव भने एक महिनाको १ हजार रियाल नै बुझ्नुभयो ।
काम गाह्रो भएकाले आफू विरामी भएको र कम्पनीका कर्मचारीलाई जानकारी गराएको बताउनु भएको छ । मेडिकल डाक्टरले नियमित औषधी खान र रेष्ट गर्न भनेपछि सुरज क्याम्पमै बस्नुभयो ।
५ दिन पहिले कम्पनीले निकालेपछि आफूले खान नपाएको र अहिले अर्कै कम्पनीको क्याम्पमा नेपाली साथीहरुसँग बसिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिनभरि बाहिर बस्छु रात परेपछि साथीको कोठामा जान्छु ।’ दिउँसो सबै काममा जाँदा सुरज बाहीरै बस्नुहुन्छ र राती साथीहरु आएपछि उनीहरुसँग क्याम्पमा जानुहुन्छ ।
कम्पनीलाई घर फर्काइदे भन्दापनि २० हजार रियाल मागेको सुरजले बताउनु भयो । अकामा कार्ड बनाउन र सुरजलाई साउदी लाँदा २० हजार रियाल खर्च भएको भन्दै कम्पनीले त्यो पैसा नदिएसम्म घर पनि नपठाउने, कामपनि नलगाउने र कागजात पनि नदिने बताएको छ । तर म्यानपावर कम्पनीले भने सुरजलाई कारबाही गरेको र केहि दिनमै काममा फर्काउने बताएको छ ।
सुरजलाई कम्पनीले निकालेपछि सुरजका वुवाले म्यानपावरलाई छोरो नेपाल फर्काउन आग्रह गर्नुभएको छ । सुरजले पनि अव कम्पनीमा काम गर्न भन्दा नेपाल फर्काइदिन आग्रह गर्नु भएको छ । सुरजले भन्नुभयो, ‘काम गाह्रो रहेछ, यहाँ काम गर्न भन्दा त नेपाल नै फर्किन्छु ।’ सुरजको घरमा बुवा, दाइ, श्रीमती र एक छोरा छन् । साभार : उज्यालो ऑनलाइनबाट
छाउको कथा लिएर मिस वर्ल्डमा निकिता मिस वर्ल्ड प्रतियोगितामा एउटा फरक विधा समेटिएको छ ‘ब्युटी विथ प्रपोज’ । सहभागीहरूले यस विधामा आआफ्नो मुलुकको पहिचान झल्काउने विशेष प्रस्तुति दिने अवस…Read More
बुबाको शवलाई अंगालो मार्दै छोरी
आफ्नो बुबाको पार्थिव शरीरमा अंगालो मार्दै स्व. शरदकुमार गौचनका छोरी भावविह्वल हुँदै । तस्बिर : प्रदीपराज वन्त, रासस
नेपाल निर्माण व्यवसायी म…Read More
कांग्रेसलाई प्रचण्डको झापड
कुन सैद्धान्तिक र राजनीतिक धरातलमा एमाले र माओवादी केन्द्र सत्तासीन कांग्रेसविरुद्ध खडा भएका हुन् ?दसैं नसकिँदै राजनीतिले तीव्र मोड लिएको छ। नेकपा ए…Read More
सलमानसँग फिल्म खेल्न मानेनन् अमिताभरेमो डिजुजाको निर्देशनमा बन्न लागेको हिन्दी चलचित्र 'रेस ३' सलमान खानसँग अभिनय गर्न अमिताभ बच्चनले अस्वीकार गरेका छन् ।अमिताभको यो निर्णयपछि सलमान ऐश्…Read More