आजको नागरिक काष्ठमण्डपमा इन्दिरा जोशीसँगको कुराकानी प्रकाशित छ । कुराकानीको केही अंश: नेपालभित्र मनपर्ने सहर ? -मेरो सबैभनदा प्यारो सहर पोखार हो । नेपल बाहिर कुन-कुन देशका सहर घुम्नुभएको छ ? -मैले झण्डै ३० देशको सह घुमेको छु । अस्ट्रेलिया, जापान, जर्मन, सिंगापुर, बेलायत, चीन, कोरिया, दुबई, कतार, इटली, क्यानडा, स्विट्जरल्यान्ड, फ्रान्सलगायत देश पुगेकी छु ।
ती देशमा मननपर्ने सहर ? -इटलीको भेनस हाम्रो देशका सहर र विदेशी सहरबीच भिन्नता ? -नेपालबाट बाहिरिनासाथ प्रदूषण धुलो देख्नुपर्दैन । तर, बाहिर छिरेर आफ्नो देश छिर्दा आफ्नो देशप्रति दया लाग्छ । जताततै फोहोर र प्रदूषण मात्रै देखिन्छ । नेपालको जस्तो हावापानी र हरियाली भने अन्तका सहरमा पाइदैन । उपत्यकाको सबैभन्दा राम्रो लाग्ने पक्ष ? -यो सानो ठाउा भए पनि यहाँ धरैथोक पाइन्छ । जस्तै खानेकुरा, घुम्ने र मनोरञ्जन गर्ने ठाउँ, सबैखाले सरकारी सेवा सुविधा । यहाँको मौसम पनि राम्रो लाग्छ । यी कुरा सम्झँदा उपत्यका बस्न मन लाग्छ ।
यहाँका मननपर्ने पक्ष ? -ट्राफिक जाम र प्रदूषण । उपत्यकाको मनपर्ने खानेकुरा ? -नेवारी खाजा मनपर्छ ।
कालीगण्डकीमा स्टिमर सेवा सुचारु
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणको क्रममा बनेको जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जलयातायात (स्टिमर सेवा) सुचारु भएको छ ।
नदीमा पानीको बहाव…Read More
लोग्नेको हत्या आरोपमा श्रीमती पक्राउ
कोठामा थुनेर आगो लगाई श्रीमान्को हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ। सोमबार राति मध्यपुरथिमि नगरपालिका-६ पु…Read More