रियल मड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बनेका छन् । उपाधि प्रतिस्पर्धामा रहेका बार्सिलोनाका अर्जेन्टिनी लिओनल मेस्सी र पिएसजीका ब्राजिलियन नेइमारलाई पछि पार्दै उनले यो उपाधि जितेका हुन् ।
रोनाल्डोले लगातार दोस्रोपटक यो उपाधि जितेका हुन् । गत वर्ष पनि उनैले यो उपाधि जितेका थिए । यससँगै रोनाल्डोले मेस्सीको उपाधि संख्या बराबरी गरेका छन् । मेस्सीले पनि यो उपाधि पाँचपटक नै जितेका छन् ।
३२ वर्षीय रोनाल्डोले गतवर्ष रियल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
यसरी बनाउनुस् स्वादिलो च्याउको परिकार च्याउको तरकारी एकदमै स्वादिष्ट हुन्छ । अनेकौं तरिकाले च्याउ बनाउन सकिन्छ । गोलभेंडा वा प्याज हालेर वा अन्य तरिकाले बनाइएको च्याउ खान मज्जा आउँछ । यहा…Read More
सुनौलीमा नेपाली ट्यांकरमा आगजनीनेपालबाट इन्धन लिनका लागि भारतको गोरखपुरतर्फ जाँदै गरेको नेपाल आयल निगमको लु१ख ७३३० नंको ट्याकरले भारतको सुनौलीमा ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि स्…Read More