रियल मड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो सन् २०१७ को फिफा वर्ष खेलाडी बनेका छन् । उपाधि प्रतिस्पर्धामा रहेका बार्सिलोनाका अर्जेन्टिनी लिओनल मेस्सी र पिएसजीका ब्राजिलियन नेइमारलाई पछि पार्दै उनले यो उपाधि जितेका हुन् ।
रोनाल्डोले लगातार दोस्रोपटक यो उपाधि जितेका हुन् । गत वर्ष पनि उनैले यो उपाधि जितेका थिए । यससँगै रोनाल्डोले मेस्सीको उपाधि संख्या बराबरी गरेका छन् । मेस्सीले पनि यो उपाधि पाँचपटक नै जितेका छन् ।
३२ वर्षीय रोनाल्डोले गतवर्ष रियल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
स्टेजमै हिरोइनको भित्री अंग देखिएपछि…. फिल्मको ट्रेलर लञ्चमा सहभागी एक हिरोइनले आफ्नो कपडालाई सम्हाल्न नसकेपछि आपत आइपुगेको छ । भित्री अंग नै देखिने गरी वस्त्रलाई हावाले उडाएपछि हिरोइन लाज…Read More