नेपालबाट इन्धन लिनका लागि भारतको गोरखपुरतर्फ जाँदै गरेको नेपाल आयल निगमको लु१ख ७३३० नंको ट्याकरले भारतको सुनौलीमा ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि स्थानीयले ट्यांकरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
नेपालको सिमाना रुपन्देहीको बेलहियाबाट ५०० मिटर दक्षिणमा दिउँसो ४ः३० बजेतिर ट्याकरको ठक्करबाट एक जनाको मृत्यु भएको र त्यसपछि स्थानीयले ट्यांकरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
उनका अनुसार ट्यांकरको ठक्करबाट मृत्यु हुने पुरुषको सनाखत हुन सकेको छैन । ट्यांकरमा लागेको आगो नेपालबाट गएको दमकलले निभाएको थियो । ट्यांकरका चालक रुपन्देही तिलोत्तमा नगरपालिका–७ का सन्तोष खरेललाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे अनुसन्धान गरेर कानूनी प्रक्रिया अघि बढाउनका लागि भारतीय प्रहरीसँग छलफल भइरहेको प्रवक्ता पाण्डेको भनाइ छ ।
कम्युनिस्ट एकताको राजनीतिक तहल्का प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मुखैमा गत साता मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले चुनावी गठबन्धनका साथै एउटै कम्युनिस्ट पार्टी बनाउ…Read More
बोल्न नजान्दा विवादमा आएका अभिनेत्रीअभिनेत्री शुष्मिता बोम्जन केसी पछिल्लो समय लगातार चर्चा र विवादमा परेकी छिन् । कहिले पूर्व पति भुवनका केसीका बारेमा फेसबुकमा लेखेका स्ट्याटस त कहिले स…Read More
अनुहारमा दाग छ ? यी हुन् हटाउने २० तरिकादुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ ।–कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्…Read More
चिनियाँ राजदूतले प्रधानमन्त्री भेटिन् (अन्नपूर्ण): नेपालका लागि चिनियाँ राजदूत यु होङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेकी छन्। बालुवाटारमा भएको भेटमा राजदूत युले चिनिया…Read More