चिनियाँ राजदूतले प्रधानमन्त्री भेटिन्

भिडियो सहित हेर्नुहोस !
Advertisement
  (अन्नपूर्ण): नेपालका लागि चिनियाँ राजदूत यु होङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेकी छन्। बालुवाटारमा भएको भेटमा राजदूत युले चिनियाँ कम्युनिस्ट पार्टीको आसन्न १९ औँ नेसनल कंग्रेसबारे देउवालाई अवगत गराएकी थिइन्।चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ नेसनल कंग्रेस अक्टोबर १८ मा सुरु हुँदै छ। महाधिवेशनले सी जिनपिङलाई नै अर्को पाँच वर्षका लागि कम्युनिस्ट पार्टीको महासचिव तथा राष्ट्रपतिमा निर्वाचित गर्ने बताइएको छ। देउवाले चिनियाँ कम्युनिस्ट पार्टीको नेसनल कंग्रेसको सफलताको शुभकामना दिएका थिए।
देउवाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईका अनुसार राजदूत युले नेपालले चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) मा सहभागिता जनाएकोमा प्रशंसा गर्दै त्यसबाट नेपालले लाभ लिनेमा विश्वास व्यक्त गरेकी थिइन्।
नेपालले वैशाखमा बीआरआईमा सहभागी हुनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको भए पनि चिनियाँ लगानी भित्र्याउन परियोजना छनोट गरी चीनसँग ठोस प्रस्ताव राख्न सकेको छैन । बीआरआई अवधारणाअन्तर्गत रेल, सडकलगायत कनेक्टिभिटी तथा भौतिक पूर्वाधार विकासका परियोजना निर्माण गर्ने सहमति दुई देशबीच विगतमा भइसकेको छ।

Related Posts: