श्रावण ८, २०७४- कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रदेश नम्बर २ को चुनावअघि नै संविधान संशोधन विधेयकलाई मतदानमा लगेर टुंग्याउन नेतृत्वलाई दबाब दिएका छन् । संविधान संशोधन पारित हुन आवश्यक दुई तिहाई मत नपुगे पनि मतदानमा लैजानुपर्ने उनीहरुको जोड छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको २ दिन चलेको बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले संविधान संशोधनलाई थाँती राख्न नहुने धारणा एकमतका साथ उठाएका थिए ।