भिडियो सहित हेर्नुहोस !
Advertisement
श्रावण ८, २०७४- नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच एकता प्रक्रिया अन्तिम घडीमा रोकिएको छ । शनिबारसम्म कार्यदलस्तरमा भएका वार्तामा नेतृत्व र अधिकार क्षेत्रमा विवाद भएपछि एकता प्रक्रिया स्थगित भएको हो ।
आइतबार नया शक्ति संयोजक बाबुराम भट्टराईसहितका नेताले फोरम अध्यक्ष उपेन्द्र यादव र अन्य नेताहरुसग वार्ता गर्दै तत्काललाई स्थगित गर्नुपर्ने प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार फोरमसित एकता गरेमा नया शक्तिभित्रैका केही नेताले पार्टी छाड्ने धम्की दिएपछि भट्टराई पछि हटेका हुन । फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले पनि नया संयोजक भट्टराईले संविधानमा हस्ताक्षर गरेको भन्दै गल्ती नसच्याई एकता गर्न नहुने अडान लिएपछि यादव दबाबमा थिए । ‘एकताका लागि ढोका खुलै राखेर हाललाई स्थगित गर्ने निर्णय गरियो,’ नयाँ शक्ति नेता केशव दाहालले भने, ‘भोलिदेखि सुरु हुने पार्टी बेठकमा अब एकताको एजेन्डा प्रवेश गर्दैन, बीचमा भएका प्रगतिबारे ब्रिफिङमात्रै हुने छ ।’