तिब्बत सरकार प्रमुखले फेरी भने, ‘तातोपानी नाका खुलाउन भौगोलिक अध्ययन हुँदैछ’

भिडियो सहित हेर्नुहोस !
Advertisement

श्रावण ८, २०७४- तिब्बत जनसरकार प्रमुख छि टालाले तातोपानी नाका खुलाउन सीमा क्षेत्रको भौगोलिक ‘जटिलता र जर्जर अवस्था’ को अध्ययन भइरहेको बताएका छन् ।
चिनियाँ सरकारको निमन्त्रणामा तिब्बतको धार्मिक भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीसित शनिबार साँझ भएको भेटवार्तामा छिले यस्तो धारणा ब्यक्त गरेका हुन् । ओलीले तातोपानी नाका खोल्न तिब्बत सरकार प्रमुखले नै सक्रियता देखाउन आग्रह गरेका थिए । नेपालतर्फ कुनै समस्या नरहेको भन्दै उनले चीनबाट ढिलाई हुनुको कारण खोज्दै यसमा सकारात्मक बन्न आग्रह गरेका थिए ।

Related Posts: