८ साउन, काठमाडौं । स्थानीय चुनावमा पार्टी सभापति शेरबहादुर देउवाकै गृहजिल्लामा नेपाली कांग्रेस हार्यो । यो पराजय वापत अब देउवाले कोमाथि कारवाहीको डण्डा चलाउलान् ?
देउवाकै गृहजिल्लामा पार्टीको हार यस अर्थमा अनपेक्षित भयो कि कुनै समय डडेलधुरामा कांग्रेसले उम्मेदवारीमात्रै दिए पुग्छ, प्रचारसमेत गर्नुपर्दैन भनिथ्यो । चुनावअघि देउवाले आफैं केही दिन गृहजिल्लामा बसेर असन्तुष्टि मिलाउने प्रयास पनि गरेका थिए ।
तर, स्थानीय चुनावमा जिल्लाका ७ स्थानीय तह मध्ये ४ वटामा मात्रै कांग्रेसले जित्न सक्यो । अमरगढी नगरपालिकासहित दुईवटा एमालेले जित्दा माओवादीले एक स्थानीय तह जित्यो । यो चुनावी परिणामको एउटै कारण अन्तरघात भएको कांग्रेस सभापति देउवाको बुझाइ छ । र, यसमा उनले पार्टीका जिल्ला सभापति कर्ण मल्ललाई दोषी ठानेका छन् ।
नेविसंघको महाधिवेशनदेखि नै मल्ल र देउवापत्नी आरजुबीच दुरी बढेको थियो । र, यसको असर स्थानीय तहको टिकट वितरणदेखि चुनावी परिणामसम्म परेको कांग्रेस नेताहरु बताउँछन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा अब पार्टीमा अनुशासन समिति बनाएर कर्णसहितका नेताहरुमाथि कारबाही गर्ने मुडमा छन् । जारी केन्द्रीय समितिको बैठकमा देउवा पक्षीय केन्द्रीय सदस्यहरुले पनि अन्तरघातीलाई कारबाही गर्नुपर्ने मत राखेर यसलागि वातावरण बनाइदिएका छन् । ‘आफ्नै जिल्लामा कर्ण मल्लका कारण हारियो भन्ने सभापतिजीलाई परेको छ’ एक नेताले भने, ‘भोलि त्यसको परिणाम जेमा गएर टुंगिए पनि अब उनी अनुशासनको डण्डा चलाउने मुडमा छन् ।’
पार्टी सभापति देउवाले अनुशासन समिति बनाएर आइतबार नै बैठक समापन गर्न चाहेका थिए । तर, प्रमुख नेताहरुले बोल्न बाँकी रहेकाले कांग्रेस बैठक सोमबारसम्म लम्बिने देखिएको छ । हालै काठमाडौंमा भएको प्रदेश नम्बर २ को भेलालाईर् सम्बोधन गर्ने क्रममा पनि देउवाले अनुशासन आयोग बनाउने र अन्तरघातीलाई कारबाही गर्ने बताएका थिए । अन्तरघातीलाई कारबाही नगरेसम्म कांग्रेस ठूलो पार्टी हुन नसक्ने उनको विश्लेषण छ ।
कांग्रेस बैठकले संसदीय बोर्ड गठनको निर्णय गर्ने तयारी गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले संसदीय बोर्ड गठन गरेर त्यसमार्फत टिकट बाँड्नुपर्ने बताइरहेका छन् ।
रेल्वेको करोडौंको सम्पत्ति कबाडीमा परिणत विश्वमै लोप भइसकेको न्यारोगेज रेलको कोइला इन्जिन नेपालमा भए पनि संरक्षणको अभावमा कबाडीमा परिणत हुँदै गएको छ ।नेपालकै एक मात्र रेल सेवा जनकपुर-जयनगर ब…Read More
पुक्क पेट घटाउने १० घरेलु उपाय१. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र त…Read More
धेरै टाउको दुख्छ यसो गर्नुस्पछिल्लो समयमा युवापुस्तामा पनि टाउको दुख्ने सम्स्या धेरै देखिन थालेको छ । टाउको दुखेर काममा अवरोध भइरहेको दुखेसो उनीहरूको हुन्छ । टाउको दुख्ने समस्या …Read More