कार्तिक ५, २०७४-पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि धादिङमा बाम गठबन्धनसहित नेपाली कांग्र्रेस, नयाँशक्ति र संघीय लोकतान्त्रिक मञ्चका उम्मेदवारले छुटाछुटै उम्मेदवारी दर्ता गराए । टिकट पाएकाहरु आ–आफना पार्टीका झण्डा, मोटरसाइकल र्याली र बाजागाजासहित मनोनयन दर्तास्थल पुगेका थिए । जिल्लामा प्रतिनिधि सभामा २ र प्रदेश सभामा ४ गरी ६ निर्वाचन क्षेत्र छन् । वामगठबन्धन अन्तर्गत प्रतिनिधिसभाका दुवै क्षेत्रमा एमाले उम्मेदवार छन् । प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति र पटक–पटक मन्त्री भएका एमाले नेता राजेन्द्रप्रसाद पाण्डेले निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश नम्बर क बाट उम्मेदवारी दिएका छन् । ख बाट माओवादीका मजदुर नेता शाप्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकातर्फबाट पूर्व जिविस सभापति खेमप्रसाद लोहनीले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ क मा एमालेका डा. रामकुमार अधिकारी र २ ख मा माओवादी केन्द्रका जगत सिम्खडाले उम्मेदवारी दिएका छन् ।
लोकतान्त्रिक गठबन्धनले दुव ैनिर्वाचन क्षेत्र नेपाली कांग्रेसले लिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा काँग्रेसका विश्व अर्याल, १ को प्रदेश क मा कांग्रेसका मधुकुमार श्रेष्ठ र १ को प्रदेश सभा ख मा कांग्रेसका प्रभात किरण सुवेदी उम्मेदवार छन् ।
निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसले प्रतिनिधी सभामा वर्तमान कानुन तथा संसदीय मामला राज्यमन्त्री दिलमान पाख्रिनलाई अघि सारेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा क मा कांग्रेसका पार्टी अध्यक्ष रमेश धमला र २ को प्रदेश सभा १ मा ख मा राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बरबहादुर तामाङ उम्मेदवारी दर्ता गराएका छन् ।
छिमेकी जिल्ला गोरखामा कांग्रेससँग तालमेल गरेको नयाँशक्तीले यहाँ भने उम्मेदवारी दर्ता गराएको छ । ‘सहकार्यका कुनै प्रयास नै नभए पछि हामीले पार्टीबाटै उम्मेदवारी दिएका छौं,’ प्रतिनिधीसभाका उम्मेदवार राजु नेपालले बताए । नयाँशक्तिले निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधीसभामा नेपाल, प्रदेश शभा क मा नकुल थापा र ख मा सन्तोष वाराकोटीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षे नम्बर २ मा प्रतिनिधी सभामा डाक्टर राजेन्द्र केसी र प्रदेश शभा क मा नन्द काप्री तथा ख मा विष्णु सापकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचनका दिन उम्मेदवारले पाउने विभिन्न सुविधाहरु लिन राजनैतिक दलहरुले कार्यकर्ताहरु मार्फत स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । ठूला दलहरुले सबै पदमा २ देखि ३ जना स्वतन्त्र उममेदवारी दर्ता गराउन लगाएका छन् ।
निर्वाचनका दिन उम्मेदवारहरुले पाउने यातायात सुविधा, मतदान प्रतिनिधी, मतगणना प्रतिनिधी लगायतका सुविधा पाईने भए पछि हरेक निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीहरुलेनै उम्मेदवार बनाएकोमा उनीहरुले चिन्ह सहितको प्रचार प्रसार नपाईने शर्त राखिएको छ । स्रोतका अनुसार वाम गठवन्धनलेपनि ६ वटा र नेपाली कांग्रेसका कार्यकर्ताहरुले ६ वटा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।