असार, भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवा (सिद्धार्थनगर नगरपालिका) मा २० वर्ष यता कुनै पनि निर्वाचनमा जित हासिल गर्न नसकेको एमालेले ०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो झण्डा गाड्न सफल भएको छ । सिद्धार्थनगर नगरपालिकाको मेयर र उपमेयरसहित केही वडाहरुमा समेत एमाले विजय भैरहवाको मेयर पदमा एमालेका हरीप्रसाद अधिकारी निर्वाचित भएका छन् । त्यस्तै उपमेयर पदमा एमालेकी उमा काफ्ले निर्वाचित भएका छिन् ।
मेयर र उपमेयर सहित नगरका वडा नम्बर २, ३, ५, ९, ११ र १३ मा एमाले विजयी भएको छ त्यस्तै कांग्रेस वडा नम्बर १, ६, ७, ८, १०, १२ मा विजयी भएको छ भने वडा नम्बर ४ संघीय समाजवादी फोरम नेपालले जितेको छ ।
नगरको वडा नम्बर एकको वडाअध्यक्ष पदमा कांग्रेसका रमेश मल्ल, २ मा एमालेका दिपक कुमार थापा, ३ मा एमालेका थानेश्वर पौडेल, ४ मा संघिय समाजवादी फोरम नेपालका मुक्तिनाथ यादव ‘भोला’, ५ मा एमालेका चेत बहादुर क्षेत्री, ६ मा कांग्रेसका विनोद श्रीवास्तव, ७ मा कांग्रेसकै भिमसेन कर्माचार्य विजयी भएका छन् ।
त्यस्तै वडा नम्बर ८ को वडाअध्यक्षमा कांग्रेसका राजनजंग राणा, ९ मा एमालेका शेषकान्त भण्डारी, १० मा कांग्रेसका विजयनाथ धोवी, ११ मा एमालेका दिलिप यादव, १२ मा कांग्रेसका करुन्जन श्रेष्ठ र १३ मा एमालेका शतिस प्रसाद मर्सानी विजयी भएका छन् ।
NEPLEASE IN AMERICA
NEPLEASE IN AMERICA
A society is a number of people involved in persistent social interaction, or a massive social grouping sharing the …Read More
आठ वर्षपछि एक्सिस आठ वर्षपछि एक्सिस फाल्गुन १९, २०७३- तेह्र वर्षमा तीन वटा एल्बम । थोरै गाउँछ एक्सिस ब्यान्ड । गाएका लगभग सबै गीत चलेकै छन् । यसपालि आठ वर्षपछि तेस…Read More
कर्णालीका “डाक्टर्नी” आमाहरू कर्णालीका “डाक्टर्नी” आमाहरू कालिकोटको मान्म ९, ताडी भौरेकुनाकी ८१ वर्षीया कृष्णकला पाण्डे गाउँभरिकै ‘प्रसूति विशेषज्ञ’ हुन् । कालो अक्षर चिन्ने …Read More