कोठामा थुनेर आगो लगाई श्रीमान्को हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ। सोमबार राति मध्यपुरथिमि नगरपालिका-६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भएको हो।
प्रहरीको अनुसन्धानबाट कान्छी श्रीमती माइत गएका बेलामा नेपालकी जेठी श्रीमती गीताले कोठामा आगो लगाइदिँदा सोही आगामा परेर उहाँको मृत्यु भएको खुलेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।
आफूलार्ई बेवास्ता गरेको र कान्छी श्रीमतीलाई सुखसयलले राखेको जनाई आवेगमा आएर गीताले श्रीमान्लाई कोठामा राखेर आगो लगाई फरार भएको प्रहरीको भनाइ छ।
अभियुक्त गीतालाई जगातीबाट पक्राउ गरी थिमि प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए।
आगलागीमा परेका नेपालको उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि नर्भिक अस्पताल लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि कीर्तिपुरस्थित बर्न मोडेल अस्पतालमा लग्दा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।
विश्व क्रिकेट लिगमा शरद नखेल्नेआइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले खेल्ने छैटौँ चरणको हङकङविरुद्धको दुवै खेल नेपाली टोलीको महत्वपूर्ण ब्याट्सम्यान शरद भेषवाकरले ग…Read More
एनआरएन अध्यक्षमा जमुना गुरुङको उम्मेदवारी गैरआवासिय नेपाली संघ (एनआरएन)को अध्यक्षमा जमुना गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन्। काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गरी गुरुङले आफ्नो उम्मेदवारी …Read More