प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली लगायत दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्णाली लगायत दुर्गम क्षेत्रको मेरुदण्ड भएको बताउनुभएको छ । प्रतिष्ठान सञ्चालनका लागि केही कठिनाइहरु आएपनि त्यसको छिट्टै समाधानको लागि आवश्यक पहल गर्ने उहाँको भनाई छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको दुई वर्ष पछि सभा बैठकमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘प्रतिष्ठानको स्थापना पछि कर्णालीका जनताले स्वास्थ्य सेवा पाएको महशुस गरेका छन् तर जुन मात्रामा हुनुपर्ने हो त्यो अझै हुन सकेको छैन ।’ सभाले प्रतिष्ठानको आगामी कार्ययोजना पारित गरेको छ । प्रतिष्ठानको दुई वर्ष देखि हुन नसकेको सभा परिषदको वैठकले प्रतिष्ठानमा आइपरेका समस्याको समाधानका लागि वाटो खोलिदिएको छ । प्रतिष्ठानको सभा वैठक नवस्दा बार्षिक प्रतिवेदन, एमविविएस डाक्टरी लगाएतका शैक्षिक कार्यक्रमहरु संचालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन कठिनाइ भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले वताउनुभयो । सभा सदस्यहरुको वैठकले प्रतिष्ठानका १५ वटा प्रस्तावहरुलाई स्वकृत गरेको छ । प्रतिष्ठानका लागि आवश्यक पर्ने स्थानीय दाताहरुबाट नि:शुल्क प्रदान गरिएको १५ सय रोपनी जग्गाको हदवन्धिका कारणले प्राप्त हुन सकेका थिएन । जग्गा प्राप्तिको लागि भूमिसुधार मन्त्रालयमा अड्किएको फाइल मन्त्री परिषदको वैठकमा लैजाने प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य मन्त्री गिरीराजमणि पखरलले वताउनुभयो ।
एसईई परीक्षाको नतिजा असर पहिलो साता काठमाडौं । परीक्षा नियण्न्त्रण कार्यालयले यस वर्षको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) को नतिजा ढिलोमा असार दोस्रो साता सार्वजनिक गर्ने भएको छ ।जेठ…Read More
आयोग विरुद्ध अदालत जाने, संसद चल्न नदिनेप्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले भरतपुरको विवादित वडामा पुन: निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयले कानुनी प्रक्रिया उल्लंघन भएको भन्दै त्य…Read More