नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचनमा जुनसुकै परिस्थितिमा पनि गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने दृढता व्यक्त गरेका छन्। चुनावी तालमेल भएका पार्टीबाट आफ्नो एकल उम्मेद्वारी स्वीकार्य नभए गठबन्धन तोडेर भए पनि सोही क्षेत्रबाट चुनाव लड्ने उनको अडान छ ‘पूर्व सहमती अनुसार गोरखा क्षेत्र २ बाट तालमेल गरेर उठ्नेछु’ उनले अन्नपूर्ण पोस्ट्संग भने, ‘यदि एमाले, माओवादीबाट स्वीकार्य भएन भने म नयाँ शक्ति पार्टीबाटै भए पनि उठ्नेछु।’ सोही क्षेत्रबाट माओवादी केन्द्रले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उठाउने निर्णय गरेको छ। बुधबार र बिहीबारको छलफलमा भट्टराई र श्रेष्ठमध्ये साझा नाम जुर्न सकेको छैन। स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’संग भएको छलफलबाट उनी साझा उम्मेद्वार बन्नका लागि सकारात्मक वातावरण बनेको थिएन भेटघाटपछि भट्टराईले सामाजिक सञ्जालमा आसन्न प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्ति पार्टीको तर्फबाट आफू गोरखा क्षेत्र २ बाट प्रत्यासी बन्ने निर्णय भइसकेको दोहोर्याउँदै त्यसमा कुनै द्विविधा नराख्न आग्रह गरेका थिए। गोरखाबासीको चाहना र आफ्नो रूची, दक्षता र क्षमता त्यसैमा योगदान गर्ने रहेकाले उम्मेद्वार बन्ने तीव्र अठोट व्यक्त गरेका छन्। भट्टराईले भने आफ्नो गृहजिल्ला र क्षेत्र भएकाले आफू जस्तोसुकै परिस्थितिमा उठ्ने दाबी गरे। ‘विगतमा झै अहिले पनि मविरुद्ध विभिन्न जालझेल र षड्यन्त्रका तानाबाना बुनिएका छन्’ उनले भने, ‘पृथ्वी उल्टियोस् कि धर्ती फाटोस् म गोरखाको क्षेत्र २ बाट उठ्नेछु।’
प्रधानमन्त्री र अर्थमन्त्री हुँदा गोरखामा गरेको विकास निर्माणको कामका कारण मतदाताले आफूलाई जिताउने उनले दाबी गरे। ‘म कसैका विरुद्ध बोलेर भोट माग्दिन। आफैंले हिजोका दिनमा गरेको विकास निर्माणको कामका कारण जनताले मलाई भोट दिनेछन्’ उनले भने।
भरतपुर घटनाको पेशी मंगलबारलाई सर्यो चितवनको भरतपुर घटना बारे निर्वाचन आयोगको निर्णय विरुद्ध रिटको पेशी मंगलबारका लागि सरेको छ । पुनः चुनाव गराउने निर्वाचन आयोगको निर्णय विरुद्ध दर्ता रि…Read More