फिल्म रिलिज छाडेर नायिका मलिना अमेरिकातिर

भिडियो सहित हेर्नुहोस !
Advertisement


फिल्‍म रिलिजको बेलामा हाराउने र प्रचारलाई बेवास्ता गर्ने नेपाली कलाकारको पुरानै रोग हो। कहिले के त कहिले के बहानामा कलाकार फिल्‍मको प्रचारमा आउँदैनन्।
फलत: फिल्‍म त डुब्छ नै कलाकार पनि बाँकी रहन्‍नन्। कलाकारको यस्तै प्रवृत्तिको पछिल्लो उहादहरण बनेकी छिन्, पूर्व मिस नेपाल मलिना जोशी। मलिना मुखैमा आएको फिल्म रिलिज छाडेर अमेरिका हान्‍निएकी हुन्।
मिलानाले एकदमै आश गरेको फिल्‍म 'रानी' कत्तिक २ गते रिलिज हुँदैछ। तर, मलिना भने अमेरिकामा हुन लागेको एक कन्सर्टमा उद्‌घोषण गर्न उता लागेकी हुन्।
मलिना गएसँगै फिल्‍मको प्रचार प्रभावित भएको छ। फिल्‍ममा मलिनाले सारुक ताम्राकार र मनिषसुन्दर श्रेष्ठसँग रोमान्स गरेकी छिन् तर दुवैको समस्या के भने दुवै अभिनेता नयाँ हुन्।
पूर्व मिस नेपाल पनि भएका नाताले मलिनाको उपस्थितिले प्रचारमा धेरै फरक पार्थ्‍यो। तर मलिनाले फिल्‍मभन्दा अमेरिकाको यात्रा ठूलो ठानेपछि चलचित्र 'रानी' रानो बिनाको मौरी जस्तै बनेको छ।
कलाकारले फिल्‍मको रिलिजसम्‍म पनि आफ्नो दायित्व हुन्छ भने कहिले बुझ्‍ने होला ?

Related Posts: