उपप्रधान तथ परराष्ट्रमन्त्री कृष्णबहादुर महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाई आगामी मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । आफू रामेछापबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएको चौलागाईले जानकारी दिए । गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले पनि सोही स्थानबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुने चाहना व्यक्त गर्दै आएका थिए । चौलागाई नेकपा माओवादी केन्द्रको अन्तराष्ट्रिय बिभागको सचिवको भूमिका रहदै आएका थिए । अन्तराष्ट्रिय मामिलामा जानकार चौलागाई अखिल क्रान्तिकारीको केन्द्रीय उपाध्यक्षको भूमिकामा थिए । नेकपा माओवादीको नेतृत्वमा भएको सशस्त्र बिद्रोहमा प्रत्यक्ष सहभागी चौलागाई राजनीतिक बिश्लेषणमा दख्खल राख्छन् । चौलागाईले सशस्त्र बिद्रोहको अवधिमा आफना भाइलाई गुमाएका थिए ।