राष्ट्रपति भण्डारी डोटीमा : शैलेश्वरी मन्दिरमा पूजा-पाठ

भिडियो सहित हेर्नुहोस !
Advertisement
देश नम्बर ७ को राजधानी डोटीको दिपायल हुनुपर्ने माग राख्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ज्ञापनपत्र बुझाइएको छ। साविकको सुदूरपश्चमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम समेत रहेको दिपायललाई राजधानी बनाउन नेपाल सरकारलाई अनुरोध गरिदिन भन्दै ज्ञापनपत्र बुझाइएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणका क्रममा डोटी आएको मौकामा दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी तथा अनेरास्ववियु डोटीका अध्यक्ष डबल बोहराले ज्ञापनपत्र बुझाएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणका क्रममा हिजो डोटी आइपुगेकी थिइन्। हिजो नेपाली सेनाको पृतना मुख्यालय दिपायलमा बसेकी राष्ट्रपति भण्डारीले बिहीबार बिहान पर्यटकीय क्षेत्र खप्तडको भ्रमण गरेकी हुन्। राष्ट्रपति भण्डारीले खप्तडको भ्रमण पश्चात डोटीको सदरमुकाम सिलगढीस्थित प्रसिद्ध शैलेश्वरी मन्दिरमा पूजा– गरेकी हुन्।
राष्ट्रपति भण्डारीले शैलेश्वरी मन्दिरमा रहेको खानेपानीको नवनिर्मित धाराको समेत उद्घाटन गरे

Related Posts: