ताप्लेजुङको निघुरादिनमा शंकास्पद अवस्थामा मृत भेटिएकी सृजना कुरुम्बाङ थलङको हत्या भएको भन्दै ताप्लेजुङका महिलाहरु आन्दोलित भएका छन् ।

भिडियो सहित हेर्नुहोस !
Advertisement


ताप्लेजुङको निघुरादिनमा शंकास्पद अवस्थामा मृत भेटिएकी सृजना कुरुम्बाङ थलङको हत्या भएको भन्दै ताप्लेजुङका महिलाहरु आन्दोलित भएका छन् ।



गत असार ३० गते विहान अाफ्नै घर नजिकैको मकै बारीमा मृत अवस्थामा भेटिएकी सृजनाको हत्या भएको भन्दै महिलाहरुले हत्यारा पत्ता लगाई कार्वाही गर्न माग गरेका छन् ।उनको हत्या भएको दुई महिना बित्न लाग्दा समेत प्रहरीले पत्ता लगाउन नसकेको भन्दै अन्तरपाटी महिला सञ्जालको नेतृत्वमा महिलाहरु आन्दोलित भएका हुन् ।

सञ्जालले आइतबार सदरमुकामस्थित वीरेन्द्र चोकमा कोणसभा गर्दै प्रहरीले हत्यारा चाँडो पक्ता नलगाए अनसन सहितका चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

हत्यामा संलग्नको आशंकामा पक्राउ परेका केहीलाई छाडेको र कोही छुट्ने तयारीमा रहेको भन्दै सञ्जालले अनुसन्धानलाई फितलो बनाउने प्रयास भइरहेको आरोप समेत लगाएको छ ।मृतक सृजनालाई उनकै परिवारका सदस्यले नै हत्या गरेको सञ्जालले आरोप लगाएको छ ।

श्रीमान दिलिप थलङ बैदेशिक रोजगारीमा कतार गएका र मृतक सृजना छ वर्षीय छोरा विप्लवसँगै छुट्टै घरमा बस्दै आएकी थिइन ।

यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख (ईनिस्पेक्टर) होमप्रसाद दाहालले घटनामा संलग्नको आशंकामा पक्राउ परेका र अन्यमा पनि अनुसन्धान जारी रहेको बताए ।सृजनाको हत्या नै भएको निस्कर्षमा पुगेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ सहित क्षेत्रीय अनुसन्धान ब्यूरोेबाट पनि तीन वटा टोलिले विभिन्न समयमा आएर अनुसन्धान गरिरहेको बताए ।


Related Posts: